११ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने सहारा फाउन्डेसन

जीविको २०८३ साउन १२ गते १३:०७

काठमाडौं। सीप सिकेर स्वरोजगार तथा आत्मनिर्भर बन्न चाहने व्यक्तिका लागि सहारा फाउन्डेसनले विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

फाउन्डेसनले सरफ, हार्पिक, फिनेल, भाँडा धुने झोल साबुन र लुगा धुने साबुन बनाउने तालिम उपलब्ध गराउने जनाएको छ। यस्तै, एरियल सरफ, डिटोल ह्यान्डवास, कोलिन र लाइजोल बनाउने विधिसम्बन्धी तालिम पनि प्याकेजका रूपमा सञ्चालन गरिनेछ।

यो पनि पढ्नुहोस् – साताका १० अवसर : अस्पताल र बैंकमा रोजगारीदेखि निःशुल्क एआई फेलोसिपसम्म 

अन्य तालिममा वरमाला अर्थात् जरीको माला बनाउने, कपालमा प्रयोग हुने हेयर एक्सेसोरिज बनाउने, मोतीको गहना बनाउने, भाइरल बुके बनाउने, अचार बनाउने र बाटेको धूप बनाउने तालिम समावेश छन्।

यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई, मेहन्दी र सेल्फ मेकअपसम्बन्धी तालिम पनि उपलब्ध रहेको फाउन्डेसनले जनाएको छ।

तालिमपछि पनि सहयोग

फाउन्डेसनका अनुसार तालिम लिएका व्यक्तिलाई सम्बन्धित कच्चा पदार्थ तथा प्याकेजिङ सामग्री उपलब्ध गराउन सहजीकरण गरिनेछ। उत्पादनको मार्केटिङ र ब्रान्डिङसम्बन्धी निःशुल्क परामर्शका साथै व्यवसाय सुरु गर्न आवश्यक मार्गदर्शनसमेत प्रदान गरिने उल्लेख छ।

यो पनि पढ्नुहोस् – हेटौंडामा ६ प्रकारका निःशुल्क सीप तालिम, साउन २५ सम्म आवेदन

प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने व्यक्तिले अनलाइन तालिमका लागि ह्वाट्सएपमार्फत सम्पर्क गर्न सक्नेछन्।

सम्पर्क तथा स्थान

सम्पर्क नम्बर:
९८४१४६८०९५
९८६११०४५५७

तालिमस्थल: चाबहिल, गोपीकृष्ण हलनजिक, पुरानो बागमती कार्यालयसँगै, काठमाडौं।

इच्छुक व्यक्तिले तालिमको समय, अवधि, सहभागिताको प्रक्रिया र उपलब्ध स्थानबारे विस्तृत जानकारीका लागि फाउन्डेसनलाई सिधै सम्पर्क गर्नुपर्नेछ।

सम्बन्धित समाचार – १ हजार नेपालीलाई एआई र डेटा साइन्सको निःशुल्क फेलोशिपमा आवेदन खुला

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *