पोखरामा खाना र बस्नेसहित निःशुल्क सीपमूलक तालिम, कात्तिक १८ सम्म आवेदन

जीविको २०८३ कार्तिक ११ गते १७:३०

पोखरा। पोखरामा ८४ जनाका लागि खाना र बस्नेसहित निःशुल्क सीपमूलक तालिम सञ्चालन हुने भएको छ। पोखरा–११, रानीपौवास्थित पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालि ले चार विषयमा आवासीय तालिमका लागि आवेदन आह्वान गरेको हो।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त संस्था मार्फत सञ्चालन हुनेछ। तालिममा सहभागीलाई निःशुल्क प्रशिक्षण, खाना, बसोबास, मासिक निर्वाह भत्ता र एकपटक आउँदा–जाँदा बस भाडा समेत उपलब्ध गराइनेछ।

कुन–कुन विषयमा तालिम हुन्छ?

सूचनाअनुसार निम्न ४ विषयमा तालिम सञ्चालन हुनेछ।

क्र.सं. तालिमको विषय अवधि उमेर न्यूनतम योग्यता सिट
१ सिकर्मी र सटरिङ ४ महिना १७–४० वर्ष सामान्य लेखपढ २०
२ डकर्मी, प्लम्बर र स्टिल फिक्सर ४ महिना १७–४० वर्ष सामान्य लेखपढ ४०
३ इलेक्ट्रोनिक तथा मोबाइल मर्मत ४ महिना १७–२७ वर्ष कक्षा ८ उत्तीर्ण १२
४ बेसिक र एडभान्स इलेक्ट्रिकल ६ महिना १७–२७ वर्ष कक्षा ८ उत्तीर्ण १२

जम्मा सिट संख्या: ८४

तालिममा के–के सुविधा पाइन्छ?

संस्थाका अनुसार तालिममा छनोट भएका सहभागीले निम्न सुविधा पाउनेछन्।

  • तालिम पूर्ण रूपमा निःशुल्क
  • खाना तथा बसोबासको व्यवस्था
  • प्रत्येक महिना रु. १,००० निर्वाह भत्ता
  • आउँदा र जाँदा एकपटक बस भाडा को व्यवस्था

यद्यपि, सहभागीले रु. ५,००० धरौटी रकम बुझाउनुपर्नेछ। उक्त रकम तालिम सफलतापूर्वक पूरा गरेपछि फिर्ता गरिने सूचनामा उल्लेख छ।

कसका लागि उपयोगी?

यो तालिम विशेषगरी वैदेशिक रोजगारीमा जान चाहने, स्वदेशमै रोजगार वा स्वरोजगार गर्न चाहने तथा सीप सिकेर काम गर्न इच्छुक बेरोजगार युवाहरु का लागि लक्षित देखिन्छ। संस्थाले तालिम पूरा गरेका सहभागीलाई स्वदेश तथा वैदेशिक रोजगारीमा सहजीकरण गर्ने जनाएको छ।

आवेदन दिन के–के कागजात चाहिन्छ?

इच्छुक व्यक्तिले निम्न कागजातसहित आवेदन दिन सक्नेछन्।

  1. नेपाली नागरिकताको प्रतिलिपि – १ प्रति
  2. पासपोर्ट साइजको फोटो – २ प्रति
  3. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
  4. अभिभावक मञ्जुरीनामा र सम्झौतापत्र – १ प्रति
  5. धरौटी रकम – रु. ५,०००

आवेदन दिने अन्तिम मिति र तालिम सुरु हुने मिति

  • आवेदन दर्ता गर्ने अन्तिम मिति: २०८३ कात्तिक १८ गतेभित्र
  • तालिम सञ्चालन मिति: २०८३ मंसिर ३ गतेदेखि

कहाँ सम्पर्क गर्ने?

पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा. लि.
पोखरा–११, रानीपौवा, कास्की

सम्पर्क नम्बर:

  • ०६१–५२२५६९
  • ९८५६०३१५६९
  • ९७६६१३३५१८

इमेल: [email protected] / [email protected]
वेबसाइट: pvtti.com.np

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित