विभिन्न सरकारी निकायमा ५३२ पदमा रोजगारीको अवसर

जीविको २०८३ असार ३० गते १९:२३

सरकारी क्षेत्रमा नयाँ रोजगारीको अवसर खोज्दै हुनुहुन्छ?

हाल विभिन्न सरकारी तथा सरकारी स्वामित्वका संस्थाहरूमा गरी कुल ५३२ पदका लागि आवेदन खुलेको छ।

पहिलो अवसर हो—राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा। यी दुई बीमा कम्पनीमा गरी ५३ जना कर्मचारी माग गरिएको छ। राष्ट्रिय बीमा कम्पनीमा सह-व्यवस्थापक, चार्टर्ड एकाउन्टेन्ट, कानून अधिकृत, सहायक व्यवस्थापक, सूचना प्रविधि सहायक, स्वास्थ्य सहायक, कृषि प्राविधिक लगायत १७ पदमा आवेदन खुला छ। त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीमा सह-व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक पदमा गरी ३६ जना कर्मचारी माग गरिएको छ।

पूरा समाचार – दुई बीमा कम्पनीमा ५३ कर्मचारी माग, अनलाइनबाट आवेदन दिन सकिने 

दोस्रो अवसर हो—राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा। बैंकले तह ५ देखि तह ९ सम्मका विभिन्न पदमा १४२ जना कर्मचारी माग गरेको छ। यसमा वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदहरू छन्। प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ र नगद समूहमा पदपूर्ति गरिनेछ।

पूरा समाचार- राष्ट्रिय वाणिज्य बैंकमा १४२ कर्मचारी माग, अनलाइनबाट आवेदन दिन सकिने

तेस्रो अवसर हो—कृषि सामग्री कम्पनी लिमिटेडमा। कम्पनीले सहायक प्रबन्धकदेखि सहायक कृषि प्राविधिकसम्मका पदमा २३ जना कर्मचारी माग गरेको छ। एसईईदेखि स्नातक तहसम्म अध्ययन गरेका उम्मेदवारका लागि पदअनुसार आवेदन दिने अवसर छ।

पूरा समाचार – कृषि सामग्री कम्पनीमा २३ कर्मचारीका लागि आवेदन खुल्यो

यी सबै पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ। लिखित परीक्षा लोक सेवा आयोगमार्फत सञ्चालन हुने सूचनामा उल्लेख छ।

सामान्य दस्तुरमा आवेदन दिने अन्तिम मिति २०८३ साउन ७ गतेसम्म तोकिएको छ। केही पदमा दोब्बर दस्तुर तिरेर साउन १४ वा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ।

आवेदन अनलाइनमार्फत दिन सकिन्छ। राष्ट्रिय बीमा र राष्ट्रिय जीवन बीमा कम्पनीका लागि beemavacancy.com तथा सम्बन्धित कम्पनीका अनलाइन प्रणाली प्रयोग गर्न सकिन्छ। राष्ट्रिय वाणिज्य बैंकका लागि recruitment.rbb.com.np र कृषि सामग्री कम्पनीका लागि vacancy.kscl.gov.np मार्फत आवेदन दिन सकिन्छ।

आवेदन दिनुअघि शैक्षिक योग्यता, उमेर हद, अनुभव, परीक्षा दस्तुर र समावेशी कागजातबारे सूचना ध्यानपूर्वक पढ्नुहोस्।

त्यसैगरि, राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना, २०८२ को सङ्कलित फारामहरू सम्पादन तथा कोडिङ/इन्ट्री गर्ने कार्यका लागि करार सेवामा १८० जना कर्मचारी माग गरेको छ। कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

सूचना अनुसार कोडर पदमा ६० जना र डाटा इन्ट्री अपरेटर पदमा १२० जना गरी कुल १८० जना जनशक्ति करारमा लिइनेछ। दुवै पदको करार अवधि बढीमा ४ महिनासम्म रहने उल्लेख छ।

यी अवसरहरूको विस्तृत जानकारी, पदगत विवरण र आवेदन प्रक्रिया पढ्नका लागि जिबिकोको वेबसाइट लिंक कमेन्ट बक्समा राखिएको छ।

सीप, रोजगारी, उद्यमशीलता र अवसरसम्बन्धी थप जानकारीका लागि जिबिको मिडियालाई फलो गर्दै रहनुहोस्।

राष्ट्रिय समाचार समिति (रासस) ले आर्थिक वर्ष २०८३/८४ का लागि देशका विभिन्न जिल्ला तथा प्रदेश राजधानीमा स्थानीय समाचारदाता (स्ट्रिङ्गर) र फोटो पत्रकार नियुक्त गर्न आवेदन आह्वान गरेको छ।

राससले असार २६ गते सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो। आवेदन २०८३ असार मसान्त + Add Category भित्र पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ। आवेदन राष्ट्रिय समाचार समिति, केन्द्रीय कार्यालय, भद्रकाली प्लाजा, काठमाडौंमा पेस गर्न सकिनेछ। थप जानकारीका लागि राससको फोन नम्बर ०१–५३२१७२४ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

ललितपुर महानगरपालिकाले स्वास्थ्य सहायक, कम्प्युटर अपरेटर, तामेलदार तथा सवारी चालकसहित विभिन्न पाँच पदमा ३१ जना कर्मचारी करार सेवामा नियुक्त गर्न आवेदन आह्वान गरेको छ।

महानगरपालिकाले २०८३ असार २६ गते सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो। आवेदन दिने अन्तिम मिति २०८३ साउन ८ गते तोकिएको छ।

अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

आवेदन फाराम ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुल्चोक, ललितपुरमा बुझाउनुपर्नेछ।

आवेदन फाराम र परीक्षाको पाठ्यक्रम ललितपुर महानगरपालिकाको वेबसाइट बाट प्राप्त गर्न सकिनेछ।

सम्बन्धित समाचार

  1. निःशुल्क आवासीय सीप तालिम, १८–३५ वर्षका युवाले आवेदन दिन सक्ने 

  2. दुई बीमा कम्पनीमा ५३ कर्मचारी माग, अनलाइनबाट आवेदन दिन सकिने 

  3. राष्ट्रिय वाणिज्य बैंकमा १४२ कर्मचारी माग, अनलाइनबाट आवेदन दिन सकिने

  4. कृषि सामग्री कम्पनीमा २३ कर्मचारीका लागि आवेदन खुल्यो

  5. राससमा १०३ जना स्थानीय समाचारदाता र फोटो पत्रकारका लागि अवसर

  6. ललितपुर महानगरले माग्यो ३१ कर्मचारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *