राष्ट्रिय तथ्याङ्क कार्यालयमा १८० जनाका लागि रोजगारीको अवसर

जीविको २०८३ असार २२ गते ८:४१

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना, २०८२ को सङ्कलित फारामहरू सम्पादन तथा कोडिङ/इन्ट्री गर्ने कार्यका लागि करार सेवामा १८० जना कर्मचारी माग गरेको छ। कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

सूचना अनुसार कोडर पदमा ६० जनाडाटा इन्ट्री अपरेटर पदमा १२० जना गरी कुल १८० जना जनशक्ति करारमा लिइनेछ। दुवै पदको करार अवधि बढीमा ४ महिनासम्म रहने उल्लेख छ।

कुन पदमा कति माग?

पद माग संख्या न्यूनतम शैक्षिक योग्यता छनोट विधि
कोडर ६० जना स्नातक तह उत्तीर्ण सर्टलिस्ट र अन्तर्वार्ता
डाटा इन्ट्री अपरेटर १२० जना १०+२ वा सो सरह उत्तीर्ण सर्टलिस्ट, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता

सेवा सुविधा कस्तो हुनेछ?

कार्यालयका अनुसार दुवै पदको सेवा सुविधा कार्यसम्पादनमा आधारित हुनेछ।
कोडरका लागि प्रति प्रश्नावली ४ रुपैयाँ र डाटा इन्ट्री अपरेटरका लागि प्रति स्ट्रोक ४ पैसा का आधारमा सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ।

आवेदन दिने म्याद

सूचना पहिलोपटक प्रकाशित भएको मिति २०८३ असार २२ गते हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ साउन ४ गते कार्यालय समयभित्र दरखास्त फाराम भरी पेश गर्नुपर्नेछ।

आवेदन कहाँ दिने?

दरखास्त फाराम राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली, काठमाडौं मा पेश गर्नुपर्नेछ। दरखास्त फाराम कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।

फाराम डाउनलोड गर्ने वेबसाइटहरू:
nsonepal.gov.np
cc.nsonepal.gov.np

कसलाई प्राथमिकता?

राष्ट्रिय आर्थिक गणना, २०८२ का गणक तथा सुपरिवेक्षक पदमा काम गरेको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

ध्यान दिनुपर्ने कुरा

म्याद नाघी आएको तथा रीत नपुगेको दरखास्तमाथि कुनै कारबाही नगरिने कार्यालयले जनाएको छ। विस्तृत जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट www.nsonepal.gov.np मा हेर्न सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *