ललितपुर महानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूसँग अन्तर्क्रिया र उद्यमशीलता तालिम दिने

जीविको २०८३ असार ११ गते १८:१०

ललितपुर

ललितपुर महानगरपालिका रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवालक्षित अन्तरक्रिया तथा उद्यमशीलता तालिम कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी असार १५ गते सोमबार (२९ जुन २०२६) पुल्चोकस्थित ललितपुर महानगरपालिका हलमा यो कार्यक्रम हुनेछ।

कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका युवालाई नेपालभित्रै रहेका रोजगारी, स्वरोजगार र उद्यमशीलताका अवसरबारे जानकारी र सचेतना प्रदान गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा उद्यमशीलता विषयका विज्ञले सहभागीलाई प्रशिक्षण दिनेछन्।

बर्सेनि हजारौं नेपाली युवा वैदेशिक रोजगारीबाट सीप, पुँजी र अनुभव लिएर स्वदेश फर्कने गरेका छन्। तर स्वदेशमा रहेका अवसर, सरकारी सहयोग र व्यवसाय सुरु गर्ने प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा धेरै युवा पुनः वैदेशिक रोजगारीतर्फै फर्कने गरेका छन्। फर्किएका युवाको सीप र अनुभवलाई स्वदेशमै सदुपयोग गर्ने उद्देश्यले यो कार्यक्रम तय भएको हो।

तालिममा सहभागीले विदेशमा आर्जन गरेको सीप र पुँजीलाई कसरी स्वदेशमै व्यवसाय वा स्वरोजगारमा रूपान्तरण गर्ने, व्यवसाय सुरु गर्ने प्रक्रिया, बजार पहिचान, वित्तीय स्रोत तथा सरकारी सहयोग कार्यक्रमलगायतका विषयमा व्यावहारिक जानकारी पाउनेछन्।

कार्यक्रममा सहभागी हुन चाहने युवाले कार्यक्रममा आउनुअघि अनिवार्य रूपमा अग्रिम दर्ता गर्नुपर्नेछ। तलको गुगल फारम भरी दर्ता गर्न सकिनेछ। सीमित सिट भएकाले दर्ताका आधारमा सहभागिता सुनिश्चित गरिनेछ।

दर्ता फारम: [गुगल फारम लिङ्क] –   -कार्यक्रमको प्रस्तावित सिट पूरा भएकोले अहिलेलाई दर्ता बन्द गरिएको छ। यहाँहरूको चासोका लागि धन्यवाद। 

https://tinyurl.com/udhyamsilata

दर्ता गर्ने अन्तिम मिति: असार १३ गते सम्म

सीप सिक्न वा रोजगारीका अवसर खोज्दै हुनुहुन्छ? ललितपुर महानगरले सीप तथा रोजगार मेला आयोजना गर्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *