सीप सिक्न वा रोजगारीका अवसर खोज्दै हुनुहुन्छ? ललितपुर महानगरले सीप तथा रोजगार मेला आयोजना गर्दै

जीविको २०८३ असार ६ गते १८:४६

ललितपुर महानगरपालिकाले जिबिको मिडिया इनिसिएटिभ्सको प्राविधिक सहयोगमा ‘सीप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ। मेला आगामी आषाढ १२ गते जावलाखेल बस स्टप, ललितपुरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

युवा तथा महिलालाई सीप प्रदायक, तालिम संस्था र सम्भावित रोजगारदातासँग एकै स्थानमा जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। मेलामा सीप तथा तालिमका अवसर, करियर परामर्श, रोजगारी तथा स्वरोजगारीसम्बन्धी जानकारी उपलब्ध गराइने छ।

महानगरपालिकाले रोजगारसम्बन्धी सेवा प्रदायक संस्था, तालिम प्रदायक, शैक्षिक संस्था, रोजगारदाता तथा सरोकारवालालाई मेलामा सहभागी हुन निमन्त्रणा गरेको छ। सहभागी संस्थाले स्टलमार्फत आफ्नो सेवा, तालिम कार्यक्रम, हाल तथा आगामी रिक्त पद, रोजगारीका अवसर र परामर्श सेवा उपलब्ध गराउन सक्नेछन्।

मेलामा रोजगार खोजिरहेका, वैदेशिक रोजगारीबाट फर्किएका, सीप सिक्न इच्छुक तथा स्वरोजगार/उद्यम गर्न चाहने युवाहरूको सहभागिता अपेक्षा गरिएको छ। प्रवेश निःशुल्क रहने मेला सबैका लागि खुला हुनेछ।

 

कार्यक्रमको विवरण:
मिति: आषाढ १२, २०८३ (करिब २६ जुन २०२६)
समय: बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म
स्थान: जावलाखेल बस स्टप, ललितपुर
प्रवेश: निःशुल्क, सबैका लागि खुला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *