व्यवसाय गर्ने इच्छा छ? सरकारले तालिम दिने, लगानीकर्ता पनि  जुटाइदिने

जीविको २०८३ वैशाख ३ गते १३:४५

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले  नयाँ उद्यमीहरूका लागि उद्यमस्टार्ट नामक निःशुल्क बिजनेस इन्क्युबेशन कार्यक्रमको आवेदन खुला गरेको छ । व्यसवायिक योजना भएका तर लगानी जुटाउन नसक्नेहरुका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको औद्योगिक व्यसवाय विकास प्रतिष्ठानले जनाएको छ ।  यस कार्यक्रमले नवउद्यमी तथा प्रारम्भिक चरणका व्यवसायीहरूलाई आफ्ना व्यवसायिक अवधारणालाई व्यवहारिक, लगानीयोग्य तथा दिगो व्यवसायमा रूपान्तरण गर्न विशेष सहयोग पुर्‍याउने लक्ष्य राखेको छ। यस कार्यक्रममा सहभागी हुने स्टार्टअपहरूले व्यवसायिक योजना विकास र विशेषज्ञहरूबाट मेन्टरसिप प्राप्त गर्नुका साथै बजार र वित्तीय तयारीका सम्बन्धमा आवश्यक मार्गदर्शन पाउनेछन्। सहभागीहरूले डेमो डेमार्फत लगानीकर्ता र बैंकहरूसमक्ष आफ्ना योजना प्रस्तुत गरी लगानी जुटाउने अवसर समेत प्राप्त गर्नेछन्।

इच्छुक नवउद्यमीहरूले वैशाख १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ भने कार्यक्रमका लागि देशभरबाट सीमित रूपमा ४० वटा स्टार्टअपहरू मात्र छनोट गरिने प्रतिष्ठानले जनाएको छ। आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, विस्तृत व्यवसायिक योजना, आचरण पालना गर्ने स्वघोषणा र स्थायी लेखा नम्बरको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ भने संस्था दर्ता भएको भए सोको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ। प्राप्त आवेदनहरूमध्येबाट स्क्रिनिङ र अन्तर्वार्तामार्फत उत्कृष्ट स्टार्टअपहरू छानिनेछन् र यससम्बन्धी थप विस्तृत जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइट https://moics.gov.np/ मा उपलब्ध कार्यविधिबाट प्राप्त गर्न सकिनेछ।

आवेदन दिने फारमका लागि लिङ्क : LINK  वा आवश्यक कागजात राखेर [email protected] मा इमेल गरेर पनि आवेदन दिन सकिनेछ 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित