यो साता खुलेका ११ अवसर  –  १६० बढी रोजगारी, ४०० बढीलाई सीप सिक्ने अवसर

जीविको २०८३ भदौ १२ गते २०:३४

यो हप्ता १६० भन्दा बढी रोजगारी तथा प्रशिक्षार्थीका अवसर, कम्तीमा ३२४ जनाका लागि निःशुल्क सीप तालिम, भरतपुर महानगरका थप १८ क्षेत्रका तालिम र अनुसन्धानकर्ताका लागि मेयर्स रिसर्च फेलोसिप सहित विभिन्न अवसर लिएर आएका छौँ।

 

रोजगारीका अवसर

१. नेपाल राष्ट्र बैंकमा ३४ जनालाई रोजगारी

नेपाल राष्ट्र बैंकमा काम गर्न चाहनुहुन्छ?

नेपाल राष्ट्र बैंकले विभिन्न ६ पदमा कुल ३४ जना कर्मचारी करार सेवामा माग गरेको छ।

कार्यालय सहयोगीमा सबैभन्दा धेरै १७ जना, हलुका सवारी चालकमा ७, सिपाहीमा ४, बस चालकमा ३, डिस्पेन्सरीमा २ र रक्षकमा १ जना माग गरिएको छ।

पदअनुसार कक्षा ८, एसईई, स्टाफ नर्स वा डिप्लोमा इन फार्मेसी तथा सम्बन्धित कार्य अनुभव आवश्यक छ।

आवेदन पूर्ण रूपमा अनलाइन दिनुपर्छ र ८०० रुपैयाँ आवेदन तथा परीक्षा दस्तुर तोकिएको छ।

आवेदन दिने अन्तिम मिति भदौ २३ गते अर्थात् ८ सेप्टेम्बर २०२६ हो।

लिंक:
https://jibiko.com/2026/08/5667/


२. अभियान लघुवित्तमा ४३ जनालाई रोजगारी

लघुवित्त क्षेत्रमा रोजगारी खोज्दै हुनुहुन्छ?

अभियान लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय तहदेखि प्रशिक्षार्थीसम्म ६ प्रकारका पदमा कुल ४३ जना कर्मचारी माग गरेको छ।

यसमा वरिष्ठ प्रबन्धक तथा सहायक प्रबन्धक, अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक तथा प्रशिक्षार्थी पद छन्।

विशेषगरी एसएलसी वा एसईई उत्तीर्ण नयाँ उम्मेदवारले कनिष्ठ सहायक प्रशिक्षार्थीमा आवेदन दिन सक्छन्।

आवेदन संस्थाको फाराम भरेर [email protected] मा पठाउन वा पनौतीस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिन्छ।

आवेदन दिने अन्तिम मिति भदौ २३ गते हो।

लिंक:
https://jibiko.com/2026/08/5671/


३. डिप्रोक्स लघुवित्तमा ५० जना सहायक प्रशिक्षार्थी

एसईई पास गरेर रोजगारीको अवसर खोज्दै हुनुहुन्छ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ५० जना सहायक प्रशिक्षार्थी माग गरेको छ।

कम्तीमा एसईई वा सोसरह उत्तीर्ण व्यक्तिले आवेदन दिन सक्छन्। प्लस टु उत्तीर्ण, कम्प्युटर सीप भएका र मोटरसाइकलको लाइसेन्स भएकालाई प्राथमिकता दिइनेछ।

छनोट भएका व्यक्तिले विभिन्न क्षेत्रमा खटिएर लघुवित्तसम्बन्धी व्यावहारिक प्रशिक्षण लिनेछन् र प्रशिक्षण अवधिमा संस्थाको नियमानुसार पारिश्रमिक पनि पाउनेछन्।

आवेदन सीतापाइलास्थित कर्पोरेट कार्यालयमा बुझाउन वा [email protected] मा इमेल गर्न सकिन्छ।

सूचना भदौ ५ गते प्रकाशित भएको हो र प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिनुपर्छ।

लिंक:
https://jibiko.com/2026/08/5671/


४. ग्रीन डेभलपमेन्ट बैंकमा फ्रेसरदेखि अनुभवीसम्मलाई अवसर

बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ?

ग्रीन डेभलपमेन्ट बैंकले Branch Manager, Semi Qualified CA, Credit Risk Reviewer तथा Relationship Manager, Operation In-Charge र Junior Assistant/Trainee Assistant लगायतका पदमा कर्मचारी माग गरेको छ।

विशेषगरी व्यवस्थापन वा अर्थशास्त्रमा कक्षा १२ उत्तीर्ण र २५ वर्ष ननाघेका नयाँ उम्मेदवारले Junior Assistant/Trainee Assistant पदमा आवेदन दिन सक्छन्।

अन्य पदका लागि स्नातक तथा सम्बन्धित बैंकिङ अनुभव आवश्यक छ।

आवेदन आवश्यक कागजातसहित [email protected] मा पठाउन वा बैंकको वेबसाइटमार्फत दिन सकिन्छ।

आवेदन दिने अन्तिम मिति ९ सेप्टेम्बर २०२६ हो।

 लिंक:
https://jibiko.com/2026/08/5671/


५. एक्सेल डेभलपमेन्ट बैंकमा विभिन्न पदमा रोजगारी

बैंकमा फ्रेसर वा अनुभवीका लागि अवसर खोज्दै हुनुहुन्छ?

एक्सेल डेभलपमेन्ट बैंकले १० प्रकारका पदमा कर्मचारी माग गरेको छ।

संख्या स्पष्ट भएका पदमा मात्रै २० जना माग गरिएको छ भने Relationship Manager र Trainee Assistant मा थप केही कर्मचारी माग गरिएको छ।

Branch Manager, Risk Officer, Legal Officer, Software Developer, Semi Qualified CA, Security Officer र Gold Tester लगायतका पद छन्।

विशेषगरी Trainee Assistant मा अनुभव नभएका नयाँ उम्मेदवारले पनि आवेदन दिन सक्छन्।

आवेदन आवश्यक कागजातसहित [email protected] मा इमेल गर्नुपर्छ।

आवेदन दिने अन्तिम मिति भदौ १७ गते साँझ ५:३० बजेसम्म हो।

लिंक:
https://jibiko.com/2026/08/5619/


निःशुल्क तालिमका अवसर

७. पाल्पामा १८० जनालाई निःशुल्क सीप तालिम

पाल्पा आसपास हुनुहुन्छ र निःशुल्क सीप तालिम खोज्दै हुनुहुन्छ?

CTEVT अन्तर्गतको मदनपोखरा बहुप्राविधिक शिक्षालयले कुल १८० जनाका लागि निःशुल्क तालिम खुलाएको छ।

ब्युटिसियन, टेलरिङ, केयर गिभर, मन्टेश्वरी र बजारको मागअनुसार अन्य तालिममा १२० जना सहभागी हुनेछन्।

यससँगै Professional Computer Hardware and Network Technician तह २ मा थप ६० जनाका लागि तालिम खुलाइएको छ।

छोटो अवधिका तालिमहरू ३९० घण्टा अर्थात् करिब ६५ दिनका छन्। कम्प्युटर हार्डवेयर तथा नेटवर्क तालिम भने १,६९६ घण्टाको हुनेछ।

कम्प्युटर तालिमका लागि आवेदन भदौ २२ गतेसम्म मदनपोखरा बहुप्राविधिक शिक्षालयको प्रशासन शाखामा दिन सकिन्छ।

लिंक:
https://jibiko.com/2026/08/5677/


८. भरतपुर महानगरमा १८ क्षेत्रका निःशुल्क तालिम

भरतपुर महानगरवासी हुनुहुन्छ र कुनै सीप सिक्न चाहनुहुन्छ?

भरतपुर महानगरपालिकाले आफ्ना स्थायी बासिन्दाका लागि १८ सम्भावित क्षेत्रमा निःशुल्क सीप तालिम लिन आवेदन मागेको छ।

यसमा Barista, Barber, AI तथा Digital Marketing, Basic Accounting, Montessori, Cook, Bakery, Care Giver, Plumbing, Electrician, EV तथा Automobile Repair, CCTV जडान, AC Repair लगायतका तालिम छन्।

महानगरले सबै १८ तालिम अनिवार्य सञ्चालन गर्ने भने होइन। आवेदन र माग बढी भएका विषयलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिनेछ।

आवेदन आफ्नो सम्बन्धित वडा कार्यालयमा बुझाउन वा महानगरले उपलब्ध गराएको अनलाइन फारामबाट दिन सकिन्छ।

सूचना भदौ ४ गते प्रकाशित भएको हो र प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिनुपर्छ।

 लिंक:
https://jibiko.com/2026/08/5659/


९. चितवनमा १२० जनालाई ६ निःशुल्क तालिम

चितवनमा हुनुहुन्छ र प्राविधिक सीप सिक्न चाहनुहुन्छ?

CTEVT अन्तर्गतको नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुरले ६ विषयमा कुल १२० जनाका लागि निःशुल्क तालिम खुलाएको छ।

AC तथा Refrigeration Technician, Junior Plumber, Mobile Phone Repair, Building Electrician, Waiter/Waitress र Computer Hardware Technician गरी प्रत्येक तालिममा २० जना सहभागी हुनेछन्।

सबै तालिम ३९० घण्टा अर्थात् ६५ दिनका हुन्।

आवेदक कम्तीमा १६ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्छ। अधिकांश तालिमका लागि सामान्य लेखपढ गर्न सक्ने योग्यता छ भने Computer Hardware का लागि SEE मा कम्तीमा C ग्रेड आवश्यक छ।

आवेदन भदौ ३० गतेसम्म नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर–१०, चितवनमा बुझाउनुपर्छ।

लिंक:
https://jibiko.com/2026/08/5659/


१०. खाना–बस्ने र मासिक १० हजार भत्तासहित तालिम

इनरुवामा हुनुहुन्छ र खाना–बस्ने व्यवस्थासहित सीप तालिम लिन चाहनुहुन्छ?

इनरुवा नगरपालिकाले २४ जना बेरोजगार व्यक्तिका लागि पोखरामा सञ्चालन हुने निःशुल्क तालिममा आवेदन खुलाएको छ।

सिकर्मी तथा सटरिङमा १० जना, डकर्मी, प्लम्बर तथा स्टिल फिक्सरमा १० जना, इलेक्ट्रोनिक तथा मोबाइल मर्मतमा २ जना र Basic तथा Advanced Electrical मा २ जना सहभागी हुनेछन्।

छनोट भएका व्यक्तिले निःशुल्क खाना र बस्ने व्यवस्था, प्रत्येक महिना १० हजार रुपैयाँ निर्वाह भत्ता तथा तालिममा आउँदा र फर्कँदा एकपटक बस भाडा समेत पाउनेछन्।

आवेदन इनरुवा नगरपालिकाको रोजगार सीप तथा उद्यमशीलता केन्द्र, रोजगार शाखामा बुझाउनुपर्छ।

आवेदन दिने अन्तिम मिति असोज ३० गते हो।

लिंक:
https://jibiko.com/2026/08/5651/


फेलोसिप तथा अनुसन्धान

११. काठमाडौं महानगरको मेयर्स रिसर्च फेलोसिप

अनुसन्धान वा नीति अध्ययनमा संलग्न हुनुहुन्छ?

काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि नेपाली अनुसन्धानकर्ताबाट Research Proposal माग गरेको छ।

फेलोसिपमार्फत काठमाडौं महानगरको सहरी विकास, सुशासन, शिक्षा, स्वास्थ्य, वातावरण, आर्थिक तथा सामाजिक विकास, विपद् व्यवस्थापन, सूचना प्रविधि, डिजिटलाइजेसनलगायत विषयमा अनुसन्धान गर्न सकिन्छ।

यो अवसर विशेषगरी अनुसन्धानकर्ता, प्राज्ञ तथा सम्बन्धित क्षेत्रमा काम गरिरहेका पेशाकर्मीका लागि हो।

आवेदन काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको अनलाइन डेटा कलेक्सन पोर्टल मार्फत दिन सकिन्छ।

लिंक:
https://jibiko.com/2026/08/5664/

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *