वैदेशिक रोजगारीमा रहेकाहरूका लागि लगानीको अवसर
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि याम्बलिङ हाइड्रोपावर लिमिटेडले आइपिओ (IPO) खुलाएको छ। आवेदकले प्रतिकित्ता १ सय रुपैयाँमा लगानी गर्न सक्नेछन्। आवेदन न्यूनतम १० कित्ताका लागि दिन सकिनेछ। आवेदन चैत १२ गतेदेखि चैत २२ गतेसम्म दिन सकिनेछ।
यसमा आवेदन दिनका लागि आवेदकको वैध श्रम स्वीकृति, आफ्नै नाममा रहेको रेमिट्यान्स बैंक खाता (जसमा विदेशबाट पठाएको रकम जम्मा भएको हुनुपर्ने), डिम्याट खाता (BOID), मेरो सेयर खाता, सी–आस्वा (CRN) नम्बर, साथै राहदानी र भिसा आवश्यक पर्नेछ।
पुरा जानकारीको लागि तलको भिडियो हेर्नुहोस्
जीविको
२०८२ चैत १० गते ८:५९
प्रतिक्रिया
सम्बन्धित
