नागरिक उड्डयन प्राधिकरणमा ६० भन्दा बढी पदका लागि रोजगारीको अवसर

जीविको २०८२ चैत ६ गते १७:५३

नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले आर्थिक वर्ष २०८२/८३ का लागि ठुलो संख्यामा स्थायी कर्मचारी माग गरेको छ। प्राधिकरणले रिक्त रहेका प्रवन्धकदेखि सहायक स्तरसम्मका विभिन्न प्राविधिक र प्रशासनिक पदहरूमा पदपूर्तिका लागि सूचना जारी गरेको हो।

लोक सेवा आयोगको सहमतिमा खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा यी पदहरू पूर्ति गरिनेछ। इच्छुक नेपाली नागरिकले घरमै बसेर अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।

कुन पदमा कति माग? 

प्राधिकरणले प्रशासन र प्राविधिक दुवै समूहमा गरी ६० भन्दा बढी पदका लागि विज्ञापन खुलाएको छ:

पद तह जम्मा सिट आवश्यक न्यूनतम योग्यता
प्रवन्धक ९ २ सम्बन्धित विषयमा स्नातकोत्तर (Masters)
उपप्रवन्धक ८ ३ वाणिज्य वा अर्थशास्त्रमा स्नातकोत्तर
वरिष्ठ अधिकृत ७ २६ विज्ञान, आईटी वा इन्जिनियरिङमा स्नातक
अधिकृत ६ ३ प्रशासन वा लेखामा स्नातक (Bachelors)
वरिष्ठ सहायक ५ ८ प्रवीणता प्रमाणपत्र (+2) वा सो सरह
सहायक (प्रशासन) ४ ४ एसईई (SEE) वा एसएलसीमा कम्तीमा २ जीपीए
सहायक (प्राविधिक) ४ १७ एसईई उत्तीर्ण र सम्बन्धित प्राविधिक तालिम

 

आवेदन सम्बन्धी महत्वपूर्ण जानकारी:

  • दरखास्त दिने अन्तिम मिति: २०८२ चैत २६ गतेसम्म (नियमित दस्तुरमा) र २०८३ वैशाख ३ गतेसम्म (दोब्बर दस्तुरमा)।

  • आवेदन दिने माध्यम: प्राधिकरणको आधिकारिक वेबसाइट www.caanepal.gov.np मा रहेको ‘Online Application Form’ प्रणाली मार्फत।

  • उमेरको हद: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (अधिकृत तहका लागि २१ वर्ष पूरा भएको हुनुपर्ने)। महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्षसम्म आवेदन दिन पाइनेछ।

  • परीक्षा दस्तुर: तह ९ र ८ का लागि रु. १,६००/-, तह ७ र ६ का लागि रु. १,२००/- तथा तह ५ र ४ का लागि रु. ६००/- तोकिएको छ।

प्राविधिक सहयोग आवश्यक परेमा उम्मेदवारले ९८४९४६३४५६ मा भाइबर वा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित