नागरिक उड्डयन प्राधिकरणमा ६० भन्दा बढी पदका लागि रोजगारीको अवसर

जीविको २०८२ चैत ६ गते १७:५३

नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले आर्थिक वर्ष २०८२/८३ का लागि ठुलो संख्यामा स्थायी कर्मचारी माग गरेको छ। प्राधिकरणले रिक्त रहेका प्रवन्धकदेखि सहायक स्तरसम्मका विभिन्न प्राविधिक र प्रशासनिक पदहरूमा पदपूर्तिका लागि सूचना जारी गरेको हो।

लोक सेवा आयोगको सहमतिमा खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा यी पदहरू पूर्ति गरिनेछ। इच्छुक नेपाली नागरिकले घरमै बसेर अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।

कुन पदमा कति माग? 

प्राधिकरणले प्रशासन र प्राविधिक दुवै समूहमा गरी ६० भन्दा बढी पदका लागि विज्ञापन खुलाएको छ:

पद तह जम्मा सिट आवश्यक न्यूनतम योग्यता
प्रवन्धक सम्बन्धित विषयमा स्नातकोत्तर (Masters)
उपप्रवन्धक वाणिज्य वा अर्थशास्त्रमा स्नातकोत्तर
वरिष्ठ अधिकृत २६ विज्ञान, आईटी वा इन्जिनियरिङमा स्नातक
अधिकृत प्रशासन वा लेखामा स्नातक (Bachelors)
वरिष्ठ सहायक प्रवीणता प्रमाणपत्र (+2) वा सो सरह
सहायक (प्रशासन) एसईई (SEE) वा एसएलसीमा कम्तीमा २ जीपीए
सहायक (प्राविधिक) १७ एसईई उत्तीर्ण र सम्बन्धित प्राविधिक तालिम

 

आवेदन सम्बन्धी महत्वपूर्ण जानकारी:

  • दरखास्त दिने अन्तिम मिति: २०८२ चैत २६ गतेसम्म (नियमित दस्तुरमा) र २०८३ वैशाख ३ गतेसम्म (दोब्बर दस्तुरमा)।

  • आवेदन दिने माध्यम: प्राधिकरणको आधिकारिक वेबसाइट www.caanepal.gov.np मा रहेको ‘Online Application Form’ प्रणाली मार्फत।

  • उमेरको हद: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (अधिकृत तहका लागि २१ वर्ष पूरा भएको हुनुपर्ने)। महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्षसम्म आवेदन दिन पाइनेछ।

  • परीक्षा दस्तुर: तह ९ र ८ का लागि रु. १,६००/-, तह ७ र ६ का लागि रु. १,२००/- तथा तह ५ र ४ का लागि रु. ६००/- तोकिएको छ।

प्राविधिक सहयोग आवश्यक परेमा उम्मेदवारले ९८४९४६३४५६ मा भाइबर वा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित