भक्तपुर नगरपालिकाले विभिन्न तालिमका लागि प्रशिक्षक माग्यो
जीविको
२०८३ कार्तिक २० गते ११:५४
भक्तपुर। भक्तपुर नगरपालिकाले युवा तथा महिला लक्षित विभिन्न सीपमूलक तालिम सञ्चालनका लागि प्रशिक्षक आह्वान गरेको छ। नगरपालिकाले सूचना प्रकाशित गर्दै सम्बन्धित विषयका योग्य र अनुभवी प्रशिक्षकबाट निवेदन मागेको हो।
नगर कार्यपालिकाको कार्यालय, व्यासी, भक्तपुरले प्रकाशित गरेको सूचनाअनुसार निम्न तालिमका लागि प्रशिक्षक आवश्यक परेको जनाएको छ। इच्छुक प्रशिक्षकले आफूले प्राप्त गरेको योग्यता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो र प्रस्तावसहित नगरपालिकामा निवेदन पेस गर्न सक्नेछन्।
कुन–कुन तालिमका लागि प्रशिक्षक मागिएको छ?
नगरपालिकाले ४ महिनाअवधिका ७ वटा तालिमका लागि प्रशिक्षक मागेको छ।
- आधारभूत सिलाइ
- अवधि: ४ महिना
- समय: बिहान १०–१२ बजे
- योग्यता: लेभल २ वा एडभान्स तालिम प्राप्त, अनुभवी
- एडभान्स सिलाइ
- अवधि: ४ महिना
- समय: दिउँसो १२:००–२:०० बजे
- योग्यता: लेभल २ वा एडभान्स तालिम प्राप्त, अनुभवी
- बुटिक (फेसन डिजाइन)
- अवधि: ४ महिना
- समय: बिहान ७–९ बजे
- योग्यता: बुटिक तालिम लिई फेसन डिजाइनसम्बन्धी योग्यता प्राप्त, अनुभवी
- आधारभूत हेयर कटिङ (शैलुन)
- अवधि: ४ महिना
- समय: बिहान ७–९ बजे
- योग्यता: लेभल २ वा एडभान्स तालिम प्राप्त, अनुभवी
- आधारभूत प्लम्बिङ
- अवधि: ४ महिना
- समय: बिहान ७–९ बजे
- योग्यता: लेभल २ वा एडभान्स तालिम प्राप्त, अनुभवी
- आधारभूत हाउस वायरिङ
- अवधि: ४ महिना
- समय: बिहान ७–९ बजे
- योग्यता: लेभल २ वा एडभान्स तालिम प्राप्त, अनुभवी
- आधारभूत पाक शिक्षा (कुक)
- अवधि: ४ महिना
- समय: बिहान ७–९ बजे
- योग्यता: लेभल २ वा होटल म्यानेजमेन्ट विषय अध्ययन गरेको वा कुक तालिम प्राप्त, अनुभवी
आवेदन कसरी दिने?
सूचनाअनुसार इच्छुक सम्बन्धित विषयका प्रशिक्षकले:
- योग्यता प्रमाणपत्र,
- नागरिकताको प्रतिलिपि,
- पासपोर्ट साइज फोटो,
- प्रस्ताव
सहित भक्तपुर नगरपालिकामा निवेदन पेस गर्नुपर्नेछ।
आवेदन दिने अन्तिम मिति
नगरपालिकाले २०८३/०८/०४ गतेभित्र निवेदन पेस गर्न आग्रह गरेको छ।
जीविको
२०८३ कार्तिक २० गते ११:५४
प्रतिक्रिया
सम्बन्धित
