सात प्रकारका निःशुल्क सीपमूलक तालिमका लागि आवेदन खुला

जीविको २०८३ कार्तिक १९ गते ६:४५

बुटवल। नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवलले विभिन्न सात समूहमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

केन्द्रले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कटाई–सिलाई, केयर गिभर, इलेक्ट्रिकल र ब्युटिसियनसम्बन्धी तालिमका लागि आवेदन माग गरेको हो।

रुपन्देही, पाल्पा, अर्घाखाँची र कैलालीका विभिन्न स्थानमा सञ्चालन हुने तालिममा जम्मा १४० जनाले सहभागी हुने अवसर पाउनेछन्।

कुन तालिम कहाँ सञ्चालन हुन्छ?

१. कटाई–सिलाई आधारभूत तालिम: रामपुर नगरपालिका, पाल्पा – २० जना

२. कटाई–सिलाई आधारभूत तालिम: रम्भा गाउँपालिका, पाल्पा – २० जना

३. कटाई–सिलाई आधारभूत तालिम: तिलोत्तमा–५, मणिग्राम, रुपन्देही – २० जना

४. केयर गिभर आधारभूत तालिम: व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवल, रुपन्देही – २० जना

५. इलेक्ट्रिकल आधारभूत तालिम: तानसेन, पाल्पा – २० जना

६. ब्युटिसियन आधारभूत तालिम: सन्धिखर्क, अर्घाखाँची – २० जना

७. कटाई–सिलाई आधारभूत तालिम: टीकापुर–१, कैलाली – २० जना

सबै तालिम ३२० घण्टाका हुनेछन्।

आवेदनका लागि योग्यता

तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकको उमेर कम्तीमा १८ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

केयर गिभर तालिमका लागि एसईई वा सोसरह उत्तीर्ण हुनुपर्नेछ। अन्य तालिमका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ।

प्रशिक्षार्थीको छनोट अन्तर्वार्ताबाट गरिनेछ।

अन्तर्वार्ता र तालिम सुरु हुने मिति

  • रामपुर, पाल्पा: अन्तर्वार्ता कात्तिक ३ गते, तालिम मंसिर ४ गतेदेखि
  • रम्भा, पाल्पा: अन्तर्वार्ता मंसिर ४ गते, तालिम मंसिर ५ गतेदेखि
  • तिलोत्तमा, रुपन्देही: अन्तर्वार्ता मंसिर ४ गते, तालिम मंसिर ५ गतेदेखि
  • केयर गिभर, बुटवल: अन्तर्वार्ता मंसिर ५ गते, तालिम मंसिर ६ गतेदेखि
  • इलेक्ट्रिकल, तानसेन: अन्तर्वार्ता मंसिर ७ गते, तालिम मंसिर ८ गतेदेखि
  • ब्युटिसियन, सन्धिखर्क: अन्तर्वार्ता मंसिर ९ गते, तालिम मंसिर १० गतेदेखि
  • कटाई–सिलाई, टीकापुर: अन्तर्वार्ता मंसिर १० गते, तालिम मंसिर ११ गतेदेखि

आवेदन कसरी दिने?

इच्छुक व्यक्तिले व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवलको वेबसाइटबाट आवेदन फाराम डाउनलोड गर्न सक्नेछन्। आवेदन फाराम केन्द्र वा तालिम सञ्चालन हुने तोकिएका स्थानबाट पनि प्राप्त गर्न सकिन्छ।

आवेदन फारामसँगै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र एक प्रति फोटो संलग्न गर्नुपर्नेछ।

आवेदन सम्बन्धित केन्द्र वा तोकिएको स्थानमा कार्यालय समयभित्र बुझाउन सकिनेछ। केन्द्रको इमेल [email protected] मार्फत पनि आवेदन पठाउन सकिन्छ।

आवेदन दिने अन्तिम मिति: २०८३ कात्तिक ३० गते।

अन्तर्वार्तामा सहभागी हुँदा आवेदनका साथ पेश गरिएका सबै कागजातको सक्कल प्रति अनिवार्य रूपमा लिएर जानुपर्नेछ।

तालिममा सहभागी हुने व्यक्तिले बस्ने र खाने व्यवस्था आफैँ गर्नुपर्नेछ। यद्यपि, दिवा खाजाको व्यवस्था कार्यालयले गर्नेछ।

छनोट भएका प्रशिक्षार्थीहरूको नामावली केन्द्रको सूचना पाटी, वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।

थप जानकारी तथा आवेदन फारामका लागि केन्द्रको आधिकारिक वेबसाइट www.vtcbutwal.gov.np वा फेसबुक पेज हेर्न सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित