आफ्नै व्यवसाय सुरु गर्न चाहनेलाई एक हप्ते निःशुल्क उद्यमशीलता तालिम, आवेदन खुला
जीविको | काठमाडौं
काठमाडौं। आफ्नै व्यवसाय सुरु गर्न चाहने तर कुन व्यवसाय गर्ने, कसरी सुरु गर्ने र व्यावसायिक योजना कसरी बनाउने भन्ने अन्योलमा रहेका व्यक्तिहरूका लागि निःशुल्क तालिमको अवसर खुलेको छ।
नेपाल सरकारअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले एक हप्ते निःशुल्क उद्यमशीलता विकास तालिम (Entrepreneurship Development Programme–EDP) सञ्चालन गर्न इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो।
प्रतिष्ठानका अनुसार तालिममा सहभागीहरूले आफ्नो व्यक्तिगत क्षमताको मूल्याङ्कन गर्ने, आफूलाई उपयुक्त हुने व्यवसाय पहिचान तथा छनोट गर्ने र व्यवसाय सञ्चालनका लागि आवश्यक व्यावसायिक योजना तयार गर्ने विषयमा सिक्ने अवसर पाउनेछन्।
आफ्नै व्यवसाय वा स्वरोजगार सुरु गर्ने योजना बनाइरहेका व्यक्तिहरूका लागि यो तालिम उपयोगी हुन सक्छ।
कसले आवेदन दिन पाउँछन्?
प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार आवेदन दिन निम्न योग्यता पूरा गरेको हुनुपर्नेछ।
-
नेपाली नागरिक हुनुपर्ने।
-
उमेर १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने।
-
न्यूनतम एसईई (SEE), एसएलसी (SLC) वा सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्ने।
आवेदन र तालिमको समयतालिका
| विवरण | मिति |
|---|---|
| आवेदन खुला | २०८३ कात्तिक १३ गते |
| आवेदन दिने अन्तिम मिति | २०८३ कात्तिक ३० गते |
| सम्पर्क गर्ने मिति | २०८३ मंसिर ४ गते |
| अनलाइन अन्तर्वार्ता | २०८३ मंसिर ७ देखि ९ गतेसम्म |
| तालिम सञ्चालन | २०८३ मंसिर १४ देखि २१ गतेसम्म |
कसरी आवेदन दिने?
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले प्रतिष्ठानको आधिकारिक वेबसाइटबाट आवेदन फाराम प्राप्त गरी भर्नुपर्नेछ।
भरिएको आवेदन फाराम २०८३ कात्तिक ३० गतेभित्र [email protected] मा इमेलमार्फत पठाउनुपर्ने सूचनामा उल्लेख छ।
आवेदन फाराम, तालिमसम्बन्धी निर्देशिका तथा थप जानकारी प्रतिष्ठानको वेबसाइटमा उपलब्ध छन्।
आधिकारिक सूचना तथा आवेदन फाराम: IEDI उद्यमशीलता विकास तालिम २०८३/८४
वेबसाइट: www.iedi.gov.np
इमेल: [email protected]
प्रतिष्ठानले आफ्नो आधिकारिक वेबसाइटमा तालिमको आवेदन फाराम वर्ड र पीडीएफ दुवै ढाँचामा तथा तालिमसम्बन्धी निर्देशिका उपलब्ध गराएको छ।
