+२ परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क एआई र डिजिटल मार्केटिंङ सीप
प्लस टु (+२) को परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ग्लोबल कलेज अफ टेक्नोलोजीले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। कलेजले आफ्नो “globalConnect Series 2” अन्तर्गत “Future-Ready Skills for Success” नामक विशेष तालिम कार्यक्रम आयोजना गर्न लागेको हो।
युनिभर्सिटी अफ हडर्स्फिल्ड, बेलायतबाट सम्बन्धन प्राप्त यस कलेजले विद्यार्थीहरूलाई प्रविधिमैत्री र व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ। यस तालिम मार्फत् वर्तामान समयका चासोका विषयहरु
- कृत्रिम बुद्धिमत्ता (AI)
- साइबर सुरक्षा (Cyber Security)
- डिजिटल मार्केटिङ (Digital Marketing)
- ग्राफिक डिजाइन (Graphic Design)
सम्बन्धित सीप प्रशिक्षार्थीलाई सिकाईने छ ।
यस तालिमले विद्यार्थीहरूको आत्मविश्वास बढाउन, करिअरको पूर्वतयारी गर्न र उनीहरूमा व्यावसायिक एवं सिर्जनशील क्षमताको विकास गर्न मद्दत पुर्याउने कलेजको विश्वास छ। आगामी १२ जेठ (२६ मे) बाट सुरु हुने यस निःशुल्क तालिममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
कलेजले आवेदन दिनका लागि गुगल डक्स फारम तयार पारेको छ त्यसको लिङ्कमा थिचेर आवश्यक विवरण भरी आवेदकले आवेदन दिन सक्नेछन् ।
गुगलडक्सको लिङ्क
https://docs.google.com/forms/d/e/1FAIpQLScQj5aVlLF9cF9Tgv-2GOPyO4_wbIUptQtJjVNgpn4lauQeew/viewform
