नेपाली उद्यमीलाई भारतमा तालिमको अवसर: एआई र व्यवसायिक सीप सिक्न  पाइने

जीविको २०८३ वैशाख २९ गते १४:१०

काठमाडौँ | नेपाली युवा उद्यमी र नयाँ व्यवसाय (स्टार्टअप) सुरु गरेका व्यक्तिहरूका लागि भारतको प्रसिद्ध प्राविधिक संस्थानमा तालिम लिने  गरि आवेदन खुलेको छ । काठमाडौँस्थित भारतीय दूतावासले ‘इन्डिया-नेपाल स्टार्टअप पार्टनरशिप’ को दोस्रो चरणका लागि आवेदन आह्वान गरेको हो।

नेपाल र भारतबीचको व्यावसायिक सम्बन्धलाई बलियो बनाउन सुरु गरिएको यो कार्यक्रम विशेषगरी प्रविधि र नयाँ सोच भएका युवाहरूका लागि केन्द्रित छ।

तालिममा के–के सिक्न पाइन्छ?

  • आर्टिफिसियल इन्टेलिजेन्स (AI): आजको आधुनिक समयमा एआईलाई आफ्नो व्यवसायमा कसरी प्रयोग गर्ने भन्ने सीप।
  • नेटवर्किङ: भारत र नेपालका ठूला व्यवसायी तथा विज्ञहरूसँग चिनजान र सम्बन्ध विस्तार गर्ने मौका।
  • प्रस्तुतीकरण कला: आफ्नो व्यावसायिक योजनालाई लगानीकर्ताका अगाडि कसरी प्रभावकारी रूपमा राख्ने भन्ने कला।
  • नेतृत्व विकास: संस्थाको प्रमुख का लागि आवश्यक पर्ने प्राविधिक र व्यवस्थापकीय क्षमता।

मुख्य जानकारी:

  • तालिम अवधि: २ महिना (जुन १ देखि जुलाई ३१ सम्म)।
  • तालिम हुने स्थान: भारतको चेन्नईस्थित प्रसिद्ध प्रविधि केन्द्र (IIT Madras)।
  • आवेदन दिने अन्तिम मिति: १९ मे, २०२६।
  • नतिजा प्रकाशन: २५ मे, २०२६।

नेपाली उद्यमीहरूले मे १९ भित्र आवेदन दिन सक्ने दूतावासले जनाएको छ।

आवेदन दिनका लागि यो लिङ्कलाई स्क्यान गर्नुहोस् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *