अमेरिका र इरानबीच दुई साताको युद्धविराम: मध्यपूर्वमा रहेका नेपालीलाई राहत

जीविको २०८२ चैत २५ गते ७:१९

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इरान सरकारबीच दुई साताका लागि युद्धविराम (Ceasefire) गर्ने सहमति भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सहमतिपछि सैन्य आक्रमण स्थगित गर्ने घोषणा गरेका हुन्। इरानले पनि आक्रमण रोकिने सर्तमा युद्धविराम स्वीकार गरेको जनाएको छ। यस अवधिमा महत्वपूर्ण जलमार्ग होर्मुज स्ट्रेट हुँदै जहाज आवागमन सुरक्षित रूपमा सञ्चालन गरिने बताइएको छ, जसले विश्वव्यापी तेल आपूर्ति र व्यापारमा केही राहत ल्याउने अपेक्षा गरिएको छ  ।

सहमतिका मुख्य बुँदाहरू:

  • दुई साताको युद्धविराम: अमेरिकाले इरानमाथिका आक्रमणहरू स्थगित गरेको छ भने इरानले पनि युद्धविराम स्वीकार गरेको छ।

  • हर्मुज जलसन्धि खुला रहने: युद्धविरामको अवधिभर इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग ‘हर्मुज जलसन्धि’ (Strait of Hormuz) बाट जहाजहरूको आवतजावत सहज बनाउने प्रतिबद्धता जनाएको छ।

  • पाकिस्तानमा वार्ता: आगामी शुक्रबारदेखि पाकिस्तानको राजधानी इस्लामावादमा दुई देशबीच औपचारिक वार्ता सुरु हुनेछ।

यसैबीच, पाकिस्तानको मध्यस्थतामा दुबै देशबीच कूटनीतिक वार्ता सुरु हुने तयारी भएको छ। वार्ता पाकिस्तानको इस्लामाबादमा हुने बताइएको छ।

इरानले भने यो सहमति आफ्ना शर्तहरू स्वीकार गराउन सफल भएको दाबी गरेको छ, जसमा प्रतिबन्ध हटाउने र आणविक कार्यक्रमसम्बन्धी विषयहरू समावेश छन्।

यो घटनाक्रमले मध्यपूर्वको अस्थिर अवस्थाबीच सम्भावित कूटनीतिक समाधानतर्फको संकेत दिएको विश्लेषण गरिएको

नेपालीका लागि किन महत्वपूर्ण? मध्यपूर्वमा बढ्दै गएको तनाव र युद्धको सम्भावनाका कारण त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरूमा त्रास फैलिएको थियो। अमेरिका र इरानबीचको यो सहमतिले तत्कालका लागि युद्धको जोखिम टारेको छ। यदि इरान र अमेरिकाबीच ठूलो युद्ध भएको भए त्यसको प्रत्यक्ष असर नेपाली श्रमिकहरूको सुरक्षा र रोजगारीमा पर्न सक्ने थियो।

इरानले यसलाई आफ्नो ‘१० बुँदे योजना’को जित भनेको छ भने ट्रम्पले वार्ताका लागि यो एउटा ‘कार्यकारी आधार’ भएको बताएका छन्। यो सहमतिसँगै मध्यपूर्वमा शान्तिको आशा पलाएको छ, जसले वैदेशिक रोजगारीमा रहेका नेपाली र तिनका परिवारलाई ठूलो राहत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *