कृषि क्षेत्रमा नि:शुल्क तालिम खोज्दै हुनुहुन्छ ?

जीविको २०८२ चैत ११ गते ९:०४

के तपाईँ कृषि क्षेत्रमा तालिम खोज्दै हुनुहुन्छ ?

यदि खोज्दै हो भने, बागमती प्रदेश सरकार, कृषि तालिम केन्द्रले तपाईँ जस्तै युवा र कृषकहरूका लागि तालिम दिँदैछ । 

यस पटक केन्द्रले व्यावसायिक अर्गानिक च्याउ खेती, उन्नत फलफूल खेती, व्यावसायिक फुल खेती र फलफूल तथा तरकारी प्रशोधन जस्ता बजारमा माग भएका विषयहरू समेटेको छ। यति मात्र होइन, प्रविधिमा रुचि हुनेहरूका लागि कृषि मेशिनरी मर्मत तथा सम्भारको विशेष तालिम पनि उपलब्ध छ । 

काठमाडौं, ललितपुर, धनकुटा र हेटौंडा जस्ता पायक पर्ने स्थानहरूमा ६ देखि ८ दिनसम्म चल्ने यी तालिमहरूमा १८ देखि ४५ वर्षका युवाहरूलाई विशेष प्राथमिकता दिइनेछ। साथै, महिला, दलित तथा जनजाति समुदायका व्यक्तिहरूका लागि यो अवसरले अझ बढी प्राथमिकतामा दिन्छ ।

 पख्नुहोस् सहभागी हुनुहुने कृषकहरूले सिपसँगै दैनिक भत्ता र खाजाको सुविधा समेत प्राप्त गर्नुहुनेछ। अझ तालिम लिन जाने ठाउँसम्म लाग्ने गाडी भाडा पनि केन्द्रले नै व्यहोर्छ। 

आवेदन चाहिँ यो चैत्र मसान्त भित्र दिइसक्नुपर्नेछ । 

आवेदन दिने तरिका चाहिँ के हो ?

आवेदन दिन कतै धाईरहनुपर्दैन ‍ तपाईँले केन्द्रको आधिकारिक वेबसाइ atc.bagmati.gov.np बाट फारम डाउनलोड गरी अनलाइनमार्फत नै आवेदन दिन सक्नुहुन्छ। आवेदनका लागि आवश्यक कागजात र प्रक्रियाका सबै विवरण वेबसाइटमै उपलब्ध छन्। थप केही अलमल भएमा सिधै केन्द्रका सूचना अधिकारीसँग 9851106152  सम्पर्क गरेर गुनासो सुनाउँन  सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *