गैरकानुनी रुपमा ओमानमा रहेका नेपाली बिना जरिवाना स्वदेश फर्कन पाउने

जीविको २०७८ कार्तिक २६ गते ११:०३

ओमान सरकारले ओमानको श्रम मन्त्रालयको स्वीकृतिमा ३१ डिसेम्बरसम्म गैर कानुनी रूपमा काम गरिरहेकाहरूलाई बिना जरिवाना स्वदेश फर्कने अवसर दिएको छ । सो अवधिमा स्वदेश फर्किन चाहनेहरूलाई श्रम र भिसा सम्बन्धी कुनै पनि जरिवाना नलाग्ने ओमान सरकारले जानकारी दिएको छ । ओमानस्थित नेपाली दुतावासको अनुसार ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैर कानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिना जरिवाना स्वदेश फर्कन सक्ने छन् । यो अवसरको फाइदा लिएर अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेको जानकारी दुतावासले दिएको छ । साथै ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्क बाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ ।

ओमान सरकारले दिएको आममाफी मार्फत स्वदेश फर्कन चाहने नेपालीले श्रमिकले पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा आममाफी बारे थप केही बुझ्न परेमा पनि दूतावासमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । तर आपराधिक गतिविधिमा संलग्न भइ रोजगारदाताले प्रहरीमा उजुरी गरेकाहरूको हकमा भने यो प्रक्रिया लागू हुने छैन ।

थप जानकारीको लागि :
नेपाली राजदूतावास,
मस्कट, ओमान
सम्पर्क: +९६८ २४६९६१७७ , २४६९६८८३
फेसबुक: https://m.facebook.com/embassyofnepalmuscat/
इमेल :eonmuscat@ofa.gov.np ,eonmuscat@gmail.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *