आध्यन्तले कृषि उद्यमीलाई क्षमता अभिवृद्धि र लगानी योग्य बनाउने (भिडियो)

जीविको २०७९ माघ १६ गते १२:३९

आध्यन्त फण्ड म्यानेजमेन्टले प्रदेश १ मा कृषि उद्यमहरूको क्षमता अभिवृद्धि गर्न र कृषकहरूलाई लगानीको लागि तयार गर्न नेपाल कृषिबजार विकास कार्यक्रममा सहभागिताको लागि आवेदन माग गरेको छ । प्रदेश नम्बर १ का उच्च वृद्धिको सम्भावना भएका, र नवीन विचार र विस्तारको सम्भावना भएको व्यवसायिक मोडेल भएका कृषि उद्यमीहरूले भाग लिन सक्नेछन् । आवेदन माघ १९ गतेसम्म दिन सकिनेछ । आवेदन फारम www.aadhyanta.com/aadhyanta-accelerator बाट डाउनलोड गरि भर्न सकिनेछ । आवेदन फारमसँगै आफ्नो व्यवसाय, समूह र व्यवसायिक आयोजनाहरू बारे स्पष्ट उल्लेख गर्नुपर्ने प्रकाशित सूचनामा लेखिएको छ । आध्यन्तले आवेदन दिनमध्ये उत्कृष्ट १० उद्यमहरूलाई लगानी योग्य बनाएर सम्भावित लगानीकर्तासँग समन्वय गराइदिने , कार्यशाला सञ्चालन गर्ने, नेटवर्किङ विस्तार गर्न, मार्केटिङ र ब्रान्डिङमा निशुल्क सहयोग गर्नेछ । कार्यक्रमको समय ५ महिनाको रहनेछ । 

आवेदन दिने प्रक्रिया र कार्यक्रमको बारेमा आध्यन्त फाउन्डेसनका संस्थापक मनोज पौडेल सँग जीविकोले गरेको भिडियो कुराकानी :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *