धान दिवसको अवसरमा कृषिसम्बन्धी हाम्रा विशेष पाँच रिपोर्ट
‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने मूल नगर साथ आज १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यही अवसर पारेर देशभर रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरे पछि २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ लाई नेपाली समाजमा दहीचिउरा खाने चाडको रूपमा पनि मनाइने गरिएको छ । नेपालमा औपचारिक रूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै हरेक असार १५ गते दही चिउरा खाने चलन चल्दै आएको थियो । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गरेपनि प्रत्येक वर्ष धान उत्पादन भने घट्दै गएको देखिन्छ । जसको कारण मलबीउ र सिँचाइ सुविधा नहुनु नै मुख्य समस्या हुन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा २० अर्ब ५५ करोडको धान, २७ अर्ब ६२ करोडको चामल र २ अर्ब ६१ करोडको कनिका आयात भएको थियो ।चालु आर्थिक वर्षको ११ महिनामा पनि १६ अर्ब ७९ करोडको धान, २७ अर्ब १२ करोडको चामल र १ अर्ब ३८ करोडको कनिका आयात भएको छ । आज धान दिवसको अवसरमा जीविको डटकमले किसान र कृषि विषयमा तयार पारेका केही सन्दर्भ सामाग्रीहरू राखेका छौेँ :
लिङ्क