कन्याममा घोडचढी : पर्यटन प्रवर्द्धनसँगै आयआर्जन (भिडियो) फोटो/भिडियो/भिडियो सम्पादन : पुष्कल श्रेष्ठ/प्रतिक ढकाल

प्रतिक ढकाल २०७८ चैत १८ गते १९:५७

नेपालको पर्यटकीय क्षेत्रको रुपमा चिनिने इलामको कन्याम हेर्दा हरियाली अनि चियाका बगानहरूले त्यहाँको सौन्दर्यलाई अझै थप सिँगारी दिएको छ । यस्तो मनमोहक प्राकृतिक सम्पदाले गर्दा कन्याम पर्यटकहरूको गन्तव्य  स्थल  बनेको छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित कन्याममा चिया बगानसँगै घोडचढी व्यवसायले समेत पर्यटन प्रवर्द्धनमा टेवा  पुर्‍याएकोछ । घोडचढीका पारखीहरूलाई आफ्नो सोख पुरा गर्न अहिले सीमित ठाउँहरूमात्र छन् । जसमध्ये कन्यामको हरियालीमा घोडचढी गर्न पाउँदा देशका कुना काप्चाबाट पर्यटकहरू आउने गर्छन् । कन्यामले देशका पर्यटकलाई मात्र नभइ छिमेकी भारतको दार्जिलिङ सिक्किम, मिरिक जस्ता सहरका पर्यटकहरूलाई पनि तानेको छ । पर्यटकको संख्या दिनहुँ बढ्दै गएपछि सूर्योदय नगरपालिकाले घोडचढी व्यवसायी संघ नै गठन गरेर यो पेसालाई व्यवसायीक बनाएको छ।   

 दशक अगाडिसम्म यहाँका मानिसहरू घोडालाई सामान बोक्नका लागि मात्र प्रयोग गर्थे । पछि कन्याममा पर्यटक बढ्न थाले, संरचना पनि सुधार गरियो । त्यसपछि भने यहाँ घोडा पाल्ने व्यवसायीले पर्यटक बोक्नका लागि घोडाको प्रयोग गर्न थाले । मोटर गाडीको प्रयोग बढ्न थालेपछि सूर्योदयमा घोडाको प्रयोग कम हुन थालेको थियो । गाडीमा सामान बोकाउँदा छिटो पनि हुने, घोडामा जस्तो सास्ती पनि हुने कारणले यहाँ सामान बोक्न घोडाको प्रयोग कम गरियो र सामान बोक्ने घोडालाई वैकल्पिक रूपमा प्रयोग गर्न थालियो । हाल त्यस क्षेत्रमा ३ दर्जनभन्दा बढी घोडाहरू व्यवसायीक रूपमा रहेका छन् । यी तीन  दर्जन घोडाहरूले  पालैपालो  पर्यटकलाई घुमाउँछन् । घोडाबाट दृश्यावलोकन गराएर व्यवसायीले पनि मासिक ५० हजार भन्दा बढि आम्दानी लिँदै आएका छन्  । 

इलामको कन्याममा घोडचडी व्यवसायीहरूको जीविकोपार्जनलाई लिएर जीविको डटकमले तयार पारेको भिडियो रिपोर्ट : 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *