साउदी सरकारले कोभिड १९ सम्बन्धी नियमा तथा मापदण्ड खुकुलो बनायो

जीविको २०७८ फागुन २७ गते १४:१३

साउदी सरकारले यही मार्च ५ ( फागुन २१ ) गते बाट लागू हुने गरी कोभिड १९ सम्बन्धी नियम तथा मापदण्ड खुकुलो बनाएको छ । जसअनुसार  सभा, सम्मेलन, भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा एक, अर्कालाई भेट्दा वा सेवा लिनको लागि भौतिक दूरी कायमा गर्नु पर्ने छैन । 

खुल्ला ठाउँमा रहँदा फेस माक्स लगाउनु पर्ने छैन । तर अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्टल स्टोर, सपिङ मल, अन्य पसल, जिमा खाना जस्ता बन्द स्थलमा जड अनिवार्य रुपमा फेस मास्क लगाउनु पर्नेछ । भने यस्ता ठाउँमा प्रवेश गर्ने हरेकले को अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

साउदी अरब प्रवेश गर्नको लागी PCR रिपोर्ट  आवश्यक पर्ने छैन । यहाँ आउने कसैले पनि संस्थागत वा होम क्वारेन्टाइनमा बस्नु पर्ने छैन र भिजिट भिसामा आउनेहरू सबैले कोरोना उपक्षक समेट्ने गरी स्वास्थ्य बिमा गरेको हुनु पर्ने छ ।  

यसअघि साउदी अरब सरकारले मे २० २०२१ देखि नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूबाट कामदारको रूपमा साउदी अरब भित्रने कामदारहरूलाई खोप लगाएपनि क्वारेन्टाइन बस्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेको थियो । जसमा जाने कामदार आफैँले क्वारेन्टाइन वापतको खर्च बेहोर्नुपर्ने व्यवस्था थियो ।  यसरी क्वारेन्टाइन बस्दा सात दिनको संस्थागत क्वारेन्टाइन मार्फत ११ देखि १५ हजार नेपाली रुपैयाँ सम्म खर्च हुने गरेको थियो । 

हेर्नुहोस् सूचना 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *