सरकारी प्रतिष्ठानले ९ क्षेत्रमा विज्ञ तथा प्रशिक्षक माग्यो, आवेदन दिने अवसर
विभिन्न ९ क्षेत्रमा विज्ञ तथा प्रशिक्षकको सूचीकरण खुला, योग्य व्यक्तिले आवेदन दिन सक्ने
काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले विभिन्न विषयगत क्षेत्रमा विज्ञ तथा प्रशिक्षकहरूको सूची (Expert Roster) तयार गर्न आवेदन आह्वान गरेको छ।
प्रतिष्ठानले सञ्चालन गर्ने विभिन्न कार्यक्रमअन्तर्गत प्राप्त परियोजना प्रस्तावहरूको मूल्याङ्कन, छनोट तथा प्राविधिक परामर्श सेवा प्रदान गर्न र उद्यमशीलता विकास तालिम तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि योग्य विज्ञ तथा प्रशिक्षकहरूको सूची तयार गर्न लागेको हो।
प्रतिष्ठानले २०८३ कात्तिक २१ गते प्रकाशित गरेको सूचनाअनुसार तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्।
कुन–कुन क्षेत्रमा विज्ञ मागिएको छ?
प्रतिष्ठानले निम्न नौ क्षेत्रमा विज्ञ तथा प्रशिक्षकहरूको सूचीकरण गर्ने जनाएको छ।
1. कृषि, खाद्य तथा प्राकृतिक स्रोत
2. सूचना प्रविधि, डिजिटल तथा प्रक्रियागत नवप्रवर्तन
3. पूर्वाधार, मोबिलिटी, लजिस्टिक तथा वितरण
4. वातावरण, हरित प्रविधि तथा दिगोपन
5. मानव स्वास्थ्य, शिक्षा तथा सामाजिक विकास
6. पर्यटन, मनोरञ्जन तथा आतिथ्य सत्कार
7. उत्पादन, परम्परागत तथा स्थानीय नवप्रवर्तन
8. उद्यमशीलता विकास कार्यक्रम (Entrepreneurship Development Program – EDP)
9. प्रशिक्षक प्रशिक्षण (Training of Trainers – ToT)
आवेदन दिन कस्तो योग्यता चाहिन्छ?
पहिलोदेखि सातौँ क्षेत्रका विज्ञका लागि: सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
उद्यमशीलता विकास तथा प्रशिक्षक प्रशिक्षणका विज्ञका लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी उद्यमशीलता विकास कार्यक्रम (EDP) वा प्रशिक्षक प्रशिक्षण (ToT) सञ्चालन तथा सहजीकरणमा पर्याप्त कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ।
यसका साथै मान्यता प्राप्त निकायबाट ToT वा Master Trainer को प्रमाणपत्र प्राप्त गरेका आवेदकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
कसरी आवेदन दिने?
इच्छुक तथा योग्य व्यक्तिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आधिकारिक वेबसाइटमार्फत आवेदन पेस गर्न सक्नेछन्।
-
आवेदन दिने वेबसाइट: iedi.gov.np
-
आवेदन दिने अवधि: सूचना पहिलो पटक प्रकाशित भएको मितिले २१ दिनभित्र
-
आवेदन बुझाउने समय: अन्तिम दिन कार्यालय समयसम्म
-
सम्पर्क नम्बर: ०१–५३६१३३९
-
कार्यालय: औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वर, काठमाडौं
आवेदन फाराम, विस्तृत विवरण तथा अन्य आवश्यक जानकारी प्रतिष्ठानको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ। प्रतिष्ठानको आधिकारिक वेबसाइटमा समेत सम्पर्क विवरण उपलब्ध छ।
