निःशुल्क कफी वारिष्टा र उद्यमशीलता तालिम खुल्यो चैत्र १८ गतेभित्र आवेदन दिनुपर्ने

जीविको २०८२ चैत १२ गते १३:३५

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र (MCSIPC), त्रिपुरेश्वरले आफ्नै उद्यम सुरु गर्न चाहने नेपाली युवाहरूका लागि चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार निःशुल्क उद्यमशीलता विकास तालिमको आवेदन खुला गरेको छ

तालिमका विधा र सिट संख्या: केन्द्रले देहायका दुई विषयमा तालिम सञ्चालन गर्न लागेको हो: १. उद्यमशीलता विकास तालिम: ४० घण्टाको यो तालिमका लागि २१० जना प्रशिक्षार्थीको कोटा छुट्याइएको छ २. कफी वारिष्टा उद्यमशीलता विकास कार्यक्रम: १६० घण्टाको यो विशेष तालिमका लागि ६० जनाको कोटा रहेको छ

यी दुवै तालिमहरू त्रिपुरेश्वर, काठमाडौँस्थित केन्द्रकै आफ्नै भवनमा सञ्चालन हुनेछन्

सहभागी हुन आवश्यक योग्यता:

  • नागरिकता: नेपाली नागरिक हुनुपर्ने
  • उमेर: १६ वर्ष पूरा भएको हुनुपर्ने
  • शिक्षा: साधारण लेखपढ गर्न जान्ने

आवेदनका लागि चाहिने कागजातहरू:

अनलाइन आवेदन दिँदा निम्न कागजातहरूको इमेज फाइल (png, jpg वा jpeg) अपलोड गर्नुपर्नेछ:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
  • शैक्षिक योग्यताको प्रमाणपत्र
  • लक्षित समूह (विपन्न, दलित, अपाङ्गता आदि) मा पर्ने भए सो खुल्ने कागजात
  • संक्षिप्त व्यावसायिक योजना (बढीमा २ पेजको)

मुख्य सर्तहरू:

  • तालिम शुल्क: सहभागी प्रशिक्षार्थीले कुनै पनि शुल्क तिर्नु पर्दैन
  • भत्ता: यो तालिममा सहभागी भएबापत प्रशिक्षार्थीलाई कुनै पनि प्रकारको दैनिक भत्ता वा अन्य सुविधा उपलब्ध गराइने छैन
  • छनोट प्रक्रिया: योग्यता पुगेका आवेदकहरूमध्येबाट कार्यविधि बमोजिम कागजातको आधारमा प्रशिक्षार्थी छनोट गरिनेछ

आवेदन दिने अन्तिम मिति र प्रक्रिया: इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मिति (२०८२/१२/०८) ले १५ दिनभित्र अर्थात् २०८२ चैत २२ गते (कार्यालय समय) भित्र आवेदन दिन सक्नेछन्

आवेदन दिने दुईवटा तरिका छन्: १. अनलाइन: केन्द्रको वेबसाइट www.mcsipc.gov.np मा गई “तालिम अनलाइन आवेदन” पोर्टलमा क्लिक गरेर वा सिधै https://apply.mcsipc.gov.np मार्फत फारम भर्न सकिन्छ २. स्वयं उपस्थित भएर: यदि अनलाइनमा समस्या भएमा आवश्यक कागजातसहित त्रिपुरेश्वरस्थित केन्द्रको कार्यालयमा स्वयं उपस्थित भएर पनि आवेदन पेश गर्न सकिनेछ

थप जानकारीका लागि सम्पर्क: मोबाईल नम्बर: ९७४१६६३६५८ वेबसाइट: www.mcsipc.gov.np

सीप सिकेर आफ्नै देशमा उद्यमी बन्न चाहनेहरूका लागि यो एक उत्कृष्ट अवसर हो। थप यस्तै जानकारीका लागि जीविको मिडियासँग जोडिनुहोला

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *