ट्रेकिङ गाइड तालिमका लागि आवेदन खुला

जीविको २०८२ चैत ८ गते १८:४०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) ले ट्रेकिङ गाइड तालिमका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार २०८२ वैशाख महिनाबाट सञ्चालन हुने उक्त तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

यस तालिमका लागि न्यूनतम योग्यता कक्षा १२ उत्तीर्ण वा ट्रेकिङ क्षेत्रमा अनुभव भएको हुनुपर्नेछ। तालिम अवधि ५ हप्ता रहनेछ भने करिब ३०० जनालाई सहभागी गराइनेछ।

आवेदन फाराम भर्ने अन्तिम मिति २०८२ चैत २० गते तोकिएको छ भने छनोट प्रक्रिया अन्तर्वार्ताबाट गरिनेछ।

तालिमको विस्तृत विवरण:

  • तालिम: ट्रेकिङ गाइड (Trekking Guide)

  • सिट सङ्ख्या: ३०० जना

  • तालिम अवधि: ५ हप्ता

  • तालिम शुल्क: रु. ७,०००/-

  • आवेदन दिने अन्तिम मिति: २०८२ चैत २० गतेसम्म

  • सम्पर्क मिति: २०८२ चैत २२ गते (दिउँसो २ बजेपछि)

  • छनोट प्रक्रिया: अन्तर्वार्ता

आवश्यक योग्यता:

१. कक्षा १२ वा सो सरह उत्तीर्ण। २. अथवा, SEE वा सो सरह उत्तीर्ण गरी रजिस्टर्ड ट्रेकिङ एजेन्सीमा २ वर्ष काम गरेको अनुभव प्राप्त।

नोट: आवेदन फारम दस्तुर रु. ५००/- बुझाउनुपर्नेछ। फारम र थप जानकारीका लागि प्रतिष्ठानको वेबसाइट www.nathm.gov.np मा जान सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *