राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई स्थायी रोजगारी: सामान्य लेखपढ, आठ कक्षा र दश पासलाई अवसर

जीविको २०८१ जेठ २० गते ११:१६

सामान्य लेखपढ गर्न सक्ने, आठ कक्षा उत्तीर्ण अनि एसएलसी पासलाई स्थायी रोजगारीको अवसर खुलेको छ ।

राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक, सुरक्षा गार्ड र परिचर गरेर २ सय ५२ कर्मचारी माग गरेको छ । आवेदन बुझाउने मिति २०८१ असार ०८ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर बुझाई २०८१ असार १५ गतेसम्म पनि आवेदन दिन सकिन्छ । परीक्षा दस्तुर अनलाइन प्रणालीबाट बुझाउन सकिन्छ ।

दरखास्त फाराम भर्ने तरिका:
क) सहायक सूचक पदको लागि विभागको वेबसाइट https://rabvac.nidept.gov.np/ लग इन गरी व्यक्तिगत विवरणका साथै आवश्यक कागजातहरू सहित अनलाइन प्रणालीबाट दरखास्त फाराम भर्नुपर्ने हुन्छ । दरखास्त फाराममा भरिएका विवरणहरु विभागले प्रमाणित गरेपश्चात रोलनम्बर कायम गरिनेछ । सोको जानकारी सम्बन्धित उम्मेदवारको इमेल मार्फत गराइनेछ । तत्पश्चात अनलाइन प्रणालीबाट आफ्नो ID / Password Login गरी प्रवेशपत्र Print गर्न सकिन्छ ।

ख) सुरक्षा गार्ड र परिचर पदको लागि तोकिएको स्थानमा उपस्थित भई व्यक्तिगत विवरणका साथै
आवश्यक कागजातहरू सहित दरखास्त पेश गर्न सकिनेछ ।

पाठ्यक्रम पाइने वेबसाइट: सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका परीक्षाको पाठ्यक्रम राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट https://nidept.gov.np/career बाट download गरी प्राप्त गर्न सकिन्छ ।

दरखास्त दस्तुर (राजश्व) र बुझाउने विधि:
सहायक सूचक पदका उम्मेदवारहरुले कुनै एक समूहको लागि रु.३००।–(तीन सय रुपैयाँ मात्र) बुझाउनु पर्नेछ । एक भन्दा बढी प्रत्येक समूहका लागि रु.१००।–(एक सय रुपैयाँ मात्र) का दरले थप दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूहतर्फ मात्र आवेदन दिने उम्मेदवारले कम्तिमा रु.३००।– (तीन सय रुपैयाँ मात्र) राजश्व बुझाउनुपर्नेछ । परीक्षा दस्तुर अनलाइन प्रणालीबाट e-Sewa, connect ips, Khalti, IME Pay मार्फत बुझाउन सकिनेछ ।

माग भएका पद संख्या, आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारको उमेरको हद, परीक्षाको किसिम, परीक्षा केन्द्र र स्थान लगायतका थप महत्वपूर्ण जानकारीका लागि पूरा सूचना पढ्नुहोस्:

दरखास्त-आव्हान-

नि:शुल्क सीपमूलक तालिम, रोजगारीको अवसर लगायतका जानकारीका लागि जीविको मिडियाको फेसबूकसँग जोडिनुहोस्: https://www.facebook.com/jibikodotcom

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *