नेपाली सेनामा चिकित्सकदेखि कम्प्युटर अपरेटरसम्मका लागि अवसर

जीविको २०८३ जेठ २५ गते १५:५१

काठमाडौं। नेपाली सेनाको श्री सैनिक कल्याणकारी निर्देशनालय, जंगी अड्डा अन्तर्गत सञ्चालनमा रहेका विभिन्न संस्थाहरूमा कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरिएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

निर्देशनालयले सार्वजनिक गरेको सूचनाअनुसार चिकित्सक, नर्स, फार्मासिस्ट, कम्प्युटर अपरेटर, सूचना प्रविधि सहायक तथा प्राध्यापक लगायतका पदमा करार सेवामार्फत पदपूर्ति गरिने भएको हो।

आवेदन फाराम भर्ने तथा विस्तृत विवरण हेर्न नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np मा जानकारी उपलब्ध रहेको सूचनामा उल्लेख छ।

आवेदन दिने अवधि

  • दरखास्त सुरु: २०८३ असार २५ गते
  • अन्तिम मिति: २०८३ साउन ८ गते

कुन-कुन पदमा माग?

श्री वीरेन्द्र अस्पताल, छाउनी

  • प्राध्यापक (स्त्री तथा प्रसूति रोग) – १
  • स्त्री तथा प्रसूति रोग विशेषज्ञ (Obstetrics & Gynecologist) – १
  • मुटु रोग विशेषज्ञ (Cardiologist) – १

श्री सैनिक अस्पताल, इटहरी

  • स्टाफ नर्स (PCL) – १

श्री स्वास्थ्य सेवा महाशाखा, छाउनी

  • MDGP – १
  • ई.पी. बिल्डिङ प्रमुख – १
  • फार्मासिस्ट – १
  • कम्प्युटर अपरेटर – १

श्री नेपाली सेना कृषि विज्ञान संस्थान, लमजुङ

  • उपप्राध्यापक (Horticulture) – १

श्री नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र, लमजुङ

  • सूचना प्रविधि सहायक (IT Assistant) – १

श्री आपूर्ति तथा परिवहन निर्देशनालय, जंगी अड्डा

  • फार्मासिस्ट – १

श्री नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालय, भक्तपुर

  • सहायक प्राध्यापक (Computer Science) – १

श्री नेपाली सेना इ.एम.ई. पोलिटेक्निक महाविद्यालय, भक्तपुर

  • जी.टी. गणित (Period Basis) – २
  • जी.टी. फिजिक्स (Period Basis) – १
  • जी.टी. Entrepreneurship Development (Period Basis) – १

आवेदन गर्न चाहनेले के गर्ने?

उम्मेदवारले सम्बन्धित पदको योग्यता, अनुभव, छनोट प्रक्रिया, आवश्यक कागजात तथा आवेदन फाराम सम्बन्धी विस्तृत जानकारी नेपाली सेनाको वेबसाइटबाट प्राप्त गर्न सक्नेछन्। आवेदन बुझाउनुअघि सम्बन्धित पदको न्यूनतम योग्यता र आवश्यक शर्तहरू ध्यानपूर्वक अध्ययन गर्न सेनाले आग्रह गरेको छ।

स्रोतः नेपाली सेना, सैनिक कल्याणकारी निर्देशनालयको सूचना (विज्ञापन नं. ०८३/८४/०७).

हेर्नुहोस् सूचना – 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *