जो आफ्नो श्रमको मूल्यमा रमाउँछन्

जीविको २०७८ मंसिर ५ गते १५:१८

बिहानको ३ बजे नै उठेर पत्रिका लिन कुद्छन् काठमाडौं बाँसबारीका ६५ वर्षीय मदन बस्नेत । आजको ताजा खबर के रहेछ ? देशको राजनीतिक अवस्था कस्तो छ ? बजार भाउ कहाँ पुग्यो ? विश्वमा कहाँ के भइरहेको छ भन्ने समाचार जान्नको लागि झिसमिसेमै पत्रिका लिन हतारिने भने पक्कै होइनन् उनी । बरु अरु कसैले पत्रिका बेचेर आफूले ग्राहक नपाउने हो की भन्ने चिन्ताले उनी यसरी सबेरै उठ्ने गर्दछन् अनि हातभरि पत्रिका लिएर चोकचोकमा बेच्न थाल्छन् । जाडो, गर्मी अनि झरी केही नभनी विगत १ वर्ष देखी उनको दैनिकी यसरी नै बिती रहेको छ ।

सबेरै गंगालाल अस्पताल, बाँसबारी परिसरमा पत्रिका बेच्दै गरेका ६५ वर्षीय मदन बस्नेत तस्विर: सुप्रिम बिष्ट/जीविको

२० वर्ष तनहुँको कृषि विकास बैंकमा कार्यालय सहायकको रुपमा काम गरेका मदनलाई तनहुँबाट मनाङ सरुवा गरे पछि जाडो धेरै हुने ठाउँ काम गर्न गाह्रो हुने सोचेर रजिनामा दिएर आएको बताउँछन् उनी ।

हुन त उनका छोराहरूले “अब यसरी पत्रिका बेच्नु पर्दैन घरमै आराम गर्नु” भन्छन् रे उनलाई । “काम गरिरहेको बानी यत्तिकै बस्न चित्तै बुझ्दैन । दिनमा दुई सय कमाइ भए पनि आफ्नो लागि खर्च हुन्छ । छोराहरूसँग हात फैलाउन पर्दैन । मलाई यसैमा खुशी लाग्छ ।” उज्यालो अनुहार बनाउँदै भन्छन् उनी।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *