अवसर : बीमा संस्थानमा १० जना कर्मचारीको माग
राष्ट्रिय बीमा संस्थान रामशाह पथ काठमाडौँले एक वर्षका लागि विभिन्न पदका लागि १० जना कर्मचारीको माग गरेको छ । संस्थानले चार्टर्ड एकाउन्टेन्ट, सेमी क्वालिफाइड सिए कम्प्युटर अधिकृत, कानुन अधिकृत र एक्चुरी (सहायक ) पदमा आवेदन खुलाएको हो ।
आवेदन आउँदो फागुन ४ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यअनुभव, नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण र दुईप्रति पासपोर्ट साइजको फोटो समावेश गरि बुझाउनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ। साथै पद अनुसारको दस्तुर संस्थानको कृषि विकास बैङ्क लिमिटेडमा रहेको खाता नम्बर : ०१००२००००२८६८०१२ मा जम्मा गरि सक्कल भौचर आवेदन फारमसँगै बुझाउनुपर्ने छ ।
चार्टर्ड एकाउन्टेन्ट, कम्प्युटर अधिकृत र कानुन अधिकृत पदको लागि ८ सय रुपैयाँ र सेमीक्वालिफाइड सिए र एक्चुरी (सहायक) पदको लागि ५ सय रुपैयाँ दस्तुर लाग्ने संस्थानले बताएको छ । कर्मचारी छनोट अन्तर्वार्ताबाट गरिने छ ।
चार्टर्ड एकाउन्टेन्ट पदका लागि स्नातक उत्तीर्ण गरेका सिए, सिपिए, एसीसीए उपाधि प्राप्त गरेका बीमा बैंकिङ तथा वित्तीय क्षेत्रमा लेखा तथा लेखा परिक्षण सम्बन्धी कम्तिमा एक वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । सेमीक्वालिफाइड सिए पदको लागि स्नातक तह उत्तीर्ण गरेका सिए (इन्टरमेडियट) CAPII उपाधी प्राप्त गरि बैंकिङ तथा वित्तीय क्षेत्रमा लेखा तथा लेखा परिक्षण सम्बन्धी कम्तिमा एक वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
कम्प्युटर अधिकृतका लागि सफ्टवेयर इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरि सम्बन्धित क्षेत्र अनुभव, कानुन अधिकृतका लागि कानुन विषयमा स्नातक तह उत्तीर्ण गरि अधिवक्ताको प्रमाणपत्र लिएका र सम्बन्धित क्षेत्रमा १ वर्षको अनुभव लिएको हुनुपर्नेछ ।
एक्चुरी (सहायक) पदका लागि गणित विज्ञानमा स्नातक तह उत्तीर्ण गरि बीमा बैंकिङ तथा वित्तिय क्षेत्रमा एक्चुरी सम्बन्धी ६ महिना अनुभव लिएकाहरूले आवेदन दिन सकिने संस्थानले जनाएको छ ।
हेर्नुहोस् सूचना :