त्रिभुवन विश्वविद्यालयले खुलायो विधावारिधि तहको लागि छात्रवृत्ति
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डिनको कार्यालय बल्खुले विद्यावारिधि तहको छात्रवृत्तिको आवेदन खुलाएको छ । त्रि.वि ले OSLO MET University, Norway सँगको सहकार्यमा Inclusive Education Programme in Nepal (BIEPN)” (NORHED II) कार्यक्रम अन्तर्गत शिक्षा शास्त्र सङ्कायलाई समावेशी / विशेष आवश्यकता शिक्षा विषयमा त्रि.वि.मा पूर्णकालीन विद्यावारिधि तह अध्ययन गर्नका लागि २ सिट छात्रवृत्ति दिन लागेको हो ।
आवेदन फागुन १७ गतेसम्म दिन सकिनेछ । विशेष आवश्यकता शिक्षा वा यससँग सम्बन्धित अन्य विषयमा स्नातकोत्तर (एम.एड.) / शिक्षामा दर्शनाचार्य तह | (M.Phil. in Education) उत्तीर्ण गरी यस सङ्कायको ग्रायजुयट स्कुल अफ एजुकेसनमा गत एक वर्षभित्र विद्यावारिधि तहमा भर्ना भएका र त्रि.वि शिक्षा शास्त्र सङ्कायमा उपप्राध्यापक (स्थायी) पदमा कार्यरत रही ५० वर्ष ननाघेकोले आवेदन दिन सक्नेछन् । आवेदन फारामसँगै ६ हजार शब्दमा नबढाई समावेशी शिक्षा र शिक्षाशास्त्र (Inclusive Education and Pedagogy) सँग सम्बन्धित विषयमा तयार गरिएको विद्यावारिधि तहको सङ्क्षिप्त शोध प्रस्तावना, शैक्षिक योग्यताको प्रमाणपत्र र आवश्यक कागजात समावेश गरी डिन कार्यालयमा बुझाउन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
छात्रवृत्ति सम्बन्धी थप जानकारीका www.tufoe.edu.np मा हेर्न सकिनेछ ।
हेर्नुहोस् सूचना