निर्वाचनको पूर्वसन्ध्यामा उद्यमी, स्टार्ट अप युवालाई अपिल
अन्तरप्रेरणा संस्थाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले निर्वाचनको पूर्वसन्ध्यामा उद्यमी, स्टार्ट अप युवालाई विवेकपूर्ण भएर मतदान गर्न अपिल गरेका छन् ।
नवीनतम सोच तथा सम्भावना बोकेका उद्यमशील व्यक्तिहरूलाई नयाँ वा सञ्चालनमा आइसकेको व्यवसाय सफल रुपमा स्थापित गर्न आवश्यकता अनुरूप विभिन्न किसिमले सघाइरहेको संस्था हो, अन्तरप्रेरणा ।
जीविकोसँग आफ्नो विचार राख्दै निरज खनालले भनेका छन्;
उद्यमशीलताको विकास, युवालाई रोजगारी अनि नेपालको समग्र विकास सोच्नेलाई हामीले छान्नका लागि उद्यमी, स्टार्ट अप युवाहरू विवेकपूर्ण भएर मतदानमा भाग लिनुपर्छ । उद्यमशीलता विकास, देशको विकास गर्न खोज्ने उम्मेदवारहरू यस निर्वाचनमा उठ्नुभएको छ उहाँहरूलाई छानेर हामीले संसद्सम्म पुर्याउनुपर्छ । निर्वाचनमा सबै सहभागी हुनै पर्छ । उद्यमी, स्टार्टअप सुरुवात गर्नुभएका युवाहरू त छुट्नै हुँदैन । नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्नका लागि पनि यो निर्वाचन महत्वपूर्ण हुने भएकाले म सबैलाई निर्वाचनमा सहभागी भई मतदान गर्न अपिल गर्दछु ।