विभिन्न सरकारी निकायमा २५० बढि पदमा रोजगारीको अवसर

जीविको २०८३ साउन ७ गते १२:४७

सरकारी क्षेत्रमा नयाँ रोजगारीको अवसर खोज्दै हुनुहुन्छ?

हाल विभिन्न सरकारी तथा सरकारी स्वामित्वका संस्थाहरूमा गरी कुल ५३२ पदका लागि आवेदन खुलेको छ।

पहिलो अवसर हो—राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा। यी दुई बीमा कम्पनीमा गरी ५३ जना कर्मचारी माग गरिएको छ। राष्ट्रिय बीमा कम्पनीमा सह-व्यवस्थापक, चार्टर्ड एकाउन्टेन्ट, कानून अधिकृत, सहायक व्यवस्थापक, सूचना प्रविधि सहायक, स्वास्थ्य सहायक, कृषि प्राविधिक लगायत १७ पदमा आवेदन खुला छ। त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीमा सह-व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक पदमा गरी ३६ जना कर्मचारी माग गरिएको छ।

पूरा समाचार – दुई बीमा कम्पनीमा ५३ कर्मचारी माग, अनलाइनबाट आवेदन दिन सकिने 

दोस्रो अवसर हो—राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा। बैंकले तह ५ देखि तह ९ सम्मका विभिन्न पदमा १४२ जना कर्मचारी माग गरेको छ। यसमा वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदहरू छन्। प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ र नगद समूहमा पदपूर्ति गरिनेछ।

पूरा समाचार- राष्ट्रिय वाणिज्य बैंकमा १४२ कर्मचारी माग, अनलाइनबाट आवेदन दिन सकिने

तेस्रो अवसर हो—कृषि सामग्री कम्पनी लिमिटेडमा। कम्पनीले सहायक प्रबन्धकदेखि सहायक कृषि प्राविधिकसम्मका पदमा २३ जना कर्मचारी माग गरेको छ। एसईईदेखि स्नातक तहसम्म अध्ययन गरेका उम्मेदवारका लागि पदअनुसार आवेदन दिने अवसर छ।

पूरा समाचार – कृषि सामग्री कम्पनीमा २३ कर्मचारीका लागि आवेदन खुल्यो

यी सबै पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ। लिखित परीक्षा लोक सेवा आयोगमार्फत सञ्चालन हुने सूचनामा उल्लेख छ।

सामान्य दस्तुरमा आवेदन दिने अन्तिम मिति २०८३ साउन ७ गतेसम्म तोकिएको छ। केही पदमा दोब्बर दस्तुर तिरेर साउन १४ वा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ।

आवेदन अनलाइनमार्फत दिन सकिन्छ। राष्ट्रिय बीमा र राष्ट्रिय जीवन बीमा कम्पनीका लागि beemavacancy.com तथा सम्बन्धित कम्पनीका अनलाइन प्रणाली प्रयोग गर्न सकिन्छ। राष्ट्रिय वाणिज्य बैंकका लागि recruitment.rbb.com.np र कृषि सामग्री कम्पनीका लागि vacancy.kscl.gov.np मार्फत आवेदन दिन सकिन्छ।

पूरा समाचार  – स्वास्थ्य क्षेत्रमा दर्जनौँ रोजगारी खुल्यो, कहाँ र कसरी आवेदन दिने?

मोरङको रंगेली अस्पताल र धनुषाको सबैला नगर अस्पतालले चिकित्सक, नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक तथा प्रशासनिक कर्मचारीसहित विभिन्न पदमा करार सेवाका लागि आवेदन माग गरेका छन्।

दुवै अस्पतालले साउन ५ गते सार्वजनिक गरेको सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

रंगेली अस्पतालमा माग भएका पद

रंगेली नगरपालिका अन्तर्गतको रंगेली अस्पताल विकास समितिले अस्पतालका लागि तीन पदमा निश्चित संख्यामा कर्मचारी माग गरेको छ।

अस्पतालले निम्न पदमा आवेदन खुलाएको होः

  • कन्सल्टेन्ट फिजिसियन, नवौँ तह — १ जना
  • कन्सल्टेन्ट गाइनोकोलोजिस्ट, नवौँ तह — १ जना
  • कम्प्युटर अपरेटर, पाँचौँ तह — १ जना

कन्सल्टेन्ट फिजिसियन र कन्सल्टेन्ट गाइनोकोलोजिस्टको छनोट अन्तर्वार्तामार्फत हुनेछ। कम्प्युटर अपरेटरको हकमा लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सञ्चालन गरिने सूचनामा उल्लेख छ।

चिकित्सक पदका उम्मेदवारले नेपाल स्वास्थ्य सेवा ऐन तथा नियमावलीले निर्धारण गरेको योग्यता पूरा गरेको हुनुपर्नेछ। कम्प्युटर अपरेटर पदको शैक्षिक योग्यता र पाठ्यक्रम कोशी प्रदेश लोक सेवा आयोगले निर्धारण गरेअनुसार हुनेछ।

रोस्टरका लागि थप स्वास्थ्यकर्मी माग

रंगेली अस्पतालले आर्थिक वर्ष २०८३/८४ का लागि योग्यता क्रम निर्धारण गरी रोस्टरमा राख्न थप पाँच प्रकारका स्वास्थ्यकर्मीबाट पनि आवेदन माग गरेको छ।

रोस्टरका लागि खुलाइएका पद यसप्रकार छन्:

  • मेडिकल अधिकृत, आठौँ तह — केही
  • स्टाफ नर्स, पाँचौँ तह — केही
  • हेल्थ असिस्टेन्ट, महिला, पाँचौँ तह — केही
  • फार्मेसी सहायक, पाँचौँ तह — केही
  • अ.न.मी., चौथो तह — केही

मेडिकल अधिकृतको छनोट अन्तर्वार्ताबाट हुनेछ। अन्य पदमा लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ।

अस्पतालका अनुसार छनोट भएका कर्मचारीको पारिश्रमिक र सेवा सुविधा रंगेली अस्पतालका कर्मचारीहरूको सेवा सुविधासम्बन्धी कार्यविधि, २०८२ अनुसार हुनेछ।

रंगेली अस्पतालमा आवेदन दिने प्रक्रिया

इच्छुक उम्मेदवारले सूचना पहिलोपटक प्रकाशित भएको मितिले १५ दिनभित्र रंगेली अस्पतालको प्रशासन शाखामा आवेदन बुझाउनुपर्नेछ।

आवेदनसँग निम्न कागजात संलग्न गर्नुपर्नेछ:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पासपोर्ट आकारको फोटो दुई प्रति
  • सम्बन्धित शैक्षिक योग्यताका प्रमाणपत्र
  • सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता तथा नवीकरण भएको प्रमाण
  • अनुभवसम्बन्धी प्रमाणपत्र, भएमा

स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने अस्पतालले जनाएको छ।

कन्सल्टेन्ट फिजिसियन र कन्सल्टेन्ट गाइनोकोलोजिस्टका लागि आवेदन दस्तुर एक हजार पाँच सय रुपैयाँ र कम्प्युटर अपरेटरका लागि पाँच सय रुपैयाँ तोकिएको छ। रोस्टरतर्फ मेडिकल अधिकृतका लागि एक हजार, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र फार्मेसी सहायकका लागि पाँच सय तथा अ.न.मी.का लागि चार सय रुपैयाँ आवेदन दस्तुर तोकिएको छ।

उमेरका सम्बन्धमा चिकित्सक पदका उम्मेदवार २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। कम्प्युटर अपरेटरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा रोस्टरका अन्य स्वास्थ्यकर्मी पदका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

सबैला नगर अस्पतालमा ३२ जना माग

मधेश प्रदेशको धनुषास्थित सबैला नगरपालिकाले सबैला नगर अस्पतालका लागि १० प्रकारका पदमा कुल ३२ जना कर्मचारी माग गरेको छ।

आवेदन दिनुअघि शैक्षिक योग्यता, उमेर हद, अनुभव, परीक्षा दस्तुर र समावेशी कागजातबारे सूचना ध्यानपूर्वक पढ्नुहोस्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *