पोखरामा ६० जनालाई निःशुल्क सामाजिक सञ्जाल मार्केटिङ तालिम, आवेदन असार ४ सम्म
पोखरा महानगरपालिकाले युवाहरूलाई डिजिटल सीपसँग जोड्ने उद्देश्यसहित निःशुल्क सामाजिक सञ्जाल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार तालिम सञ्चालन गर्न लागेको हो।
केन्द्रले जारी गरेको सूचना अनुसार Social Media Marketing Training अर्थात् सामाजिक सञ्जाल मार्केटिङ तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकले तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ। तालिममा ६० जना सहभागी गराइनेछ।
तालिम ७ दिन सञ्चालन हुनेछ। यसका लागि आवेदन दिने व्यक्ति १६ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा एसएलसी/एसईई उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
आवेदनका लागि सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि एक प्रति, फोटो एक प्रति र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। आवेदन २०८३ असार ४ गते कार्यालय समयभित्र व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा बुझाउनुपर्नेछ।
तालिमका लागि सहभागी छनोट अन्तर्वार्तामार्फत गरिनेछ। अन्तर्वार्ता २०८३ असार ५ गते शुक्रबार बिहान ११ बजे पोखरा, कास्कीस्थित सभागृहमा हुनेछ।
आवेदन फारम अनलाइनबाट पनि भर्न सकिने व्यवस्था गरिएको छ। फारम भर्नका लागि केन्द्रले उपलब्ध गराएको लिंक https://bit.ly/bpc-socialmedia प्रयोग गर्न सकिनेछ।
सूचनामा आवेदन संख्या आवश्यकभन्दा कम भएमा तालिम सञ्चालन गर्ने वा नगर्ने निर्णय व्यवसाय प्रवर्द्धन केन्द्रमा निहित रहने उल्लेख छ। थप जानकारीका लागि व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा महानगरपालिकामा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क विवरण:
फोन: ०६१-५९११०८
इमेल: [email protected]
वेबसाइट: bpc.pokharamun.gov.np
हेर्नुहोस् सूचना

