एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति दिँदै

जीविको २०८३ जेठ ५ गते ९:०६

एनसेल फाउन्डेसनले ‘प्रोजेक्ट शिक्षा’सँगको सहकार्यमा यस वर्ष पनि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रमको घोषणा गरेको छ। यस पहल अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना जेहेन्दार विद्यार्थीहरूलाई कक्षा ११ र १२ अध्ययन गर्नका लागि छात्रवृत्ति प्रदान गरिनेछ। यो छात्रवृत्ति सातै प्रदेशमा आयोजना गरिने लिखित परीक्षा र अन्तर्वार्ताको पारदर्शी छनोट प्रक्रियाका आधारमा योग्य विद्यार्थीहरूलाई वितरण गरिने फाउन्डेसनले जनाएको छ।

छात्रवृत्तिका मुख्य विशेषताहरू:

  • शैक्षिक सहयोग: १०० जना योग्य विद्यार्थीलाई कक्षा ११ र १२ पढ्नका लागि पूर्ण छात्रवृत्ति।
  • निःशुल्क सञ्चार सुविधा: छात्रवृत्तिका साथै छानिएका विद्यार्थीहरूलाई डिजिटल सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यले १ वर्ष (१२ महिना) सम्म निश्चित डेटा र भ्वाइस सेवा निःशुल्क उपलब्ध गराइने।
  • थप छात्रवृत्ति: हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ले पनि यसै कार्यक्रम अन्तर्गत थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने।

सन् २०१७ देखि सञ्चालित ‘प्रोजेक्ट शिक्षा’सँग मिलेर एनसेलले गत वर्ष पनि ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो, जो हाल कक्षा १२ मा अध्ययनरत छन्। यस वर्ष भने छात्रवृत्तिको सङ्ख्या बढाएर १०० पुर्‍याइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित