यसरी हेर्न सकिन्छ एसईईको नतिजा

जीविको २०८३ वैशाख २७ गते ११:०४

शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक हुने अन्तिम तयारीमा छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा हेर्न विभिन्न माध्यमहरू सार्वजनिक गरेको छ।

बोर्डका अनुसार, परीक्षार्थीहरूले एसएमएस (SMS), आईभीआर (IVR) र आधिकारिक वेबसाइटहरूबाट सजिलै आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्।

तल दिइएको जानकारीबाट तपाईंले आफ्नो नतिजा हेर्न सक्नुहुन्छ:

  • वेबसाइट:
    • राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट: www.see.gov.np
    • नेपाल टेलिकमको वेबसाइट: www.see.ntc.net.np
    • अन्य निजी क्षेत्रका वेबसाइटहरू।
  • एसएमएस:
    • राष्ट्रिय परीक्षा बोर्डको ३५००१ मा।
    • एम्बिसन गुरुको ३१०६९ मा।
    • नेपाल टेलिकमको १६०० मा

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *