जीविको २०८२ फागुन २९ गते २१:०१

Free Training Nepal

खान बस्न सुविधासहित ओल्गापुरी भोकेसनल स्कुलले ४ विधामा निशुल्क सीपमूलक तालिम खुलाएको छ । स्कुलले सहायक प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, असिस्टेन्ट वेल्डर र फर्निचर मेकर विधामा तालिम सञ्चालन गर्न लागेको हो । सहायक प्लम्बर, विल्डिङ इलेक्ट्रिसियनका लागि तालिम अवधि ४-४ महिनाको हुनेछ भने असिस्टेन्ट वेल्डर र फर्निचर मेकर पदका लागि भने ५-५ महिना तालिम सञ्चालन हुनेछ । जसमा तालिम पछि सम्बन्धित निकायमा १ ओजेटी (on the job training )  समावेश छ । 

तालिमका लागि आवेदन आगामी चैत्र ११ गतेसम्म दिन सकिनेछ भने तालिम चैत्र १९ गतेबाट सञ्चालन हुनेछ । आवेदन दिनका लागि इच्छुकले ९८५१२१६०५९ मा सम्पर्क गरेर नाम टिपाउन सक्नेछन् । तालिमका लागि आवेदन साधारण लेखपढ गर्नसक्नेले समेत दिनसक्नेछन् । १८ वर्ष भई ३५ वर्ष ननाघेकाहरुले आवेदन दिनसक्ने ओल्गापुरीले जनाएको छ । 

थप जानकारीका लागि फोन नम्बर : ०१-५१७३०७५ वा इमेल info@olgapuri.org 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *