
७ प्रकारका सीपमूलक तालिम नि:शुल्क सिक्ने अवसर

राष्ट्रिय युवा परिषद्ले विभिन्न निःशुल्क सीपमूलक तालिमका लागि आवेदन माग गरेको छ । असिस्टेन्स व्यूटीसियन , टेलर वा गार्मेन्ट मेसिन अपरेटर विल्डिङ इलेक्ट्रिसयन, कुक, मोबाइल रिपेयरिङ, बेकरी र वारिष्टासम्म ७ विधामा सीपमूलक तालिमका लागि आवेदन माग गरिएको हो । तालिमका लागि देशभरका १३ जिल्लामा तोकिएको स्थानमा वसोवास गर्नेहरुले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्रिय युवा परिषद्को वेभसाइटमा र रहेको गुगल फर्म भित्र गएर वा सूचना सँगै राखिएको QR कोडलाई स्क्यान गरि दिन सकिनेछ ।
परिषद्ले असिस्टेन्ट व्यूटीसियन सम्बन्धि तालिमका लागि कैलाली, रोल्पा लमजुङ र काठमाडौं त्यस्तै क्रमश टेलर र गार्मेन्ट मेसिन अपरेटरका लागि जुम्ला, बर्दिया, सप्तरी र काठमाडौं, विल्डिङ इलेक्ट्रिसियनका लागि पोखरा, सिराहा, झापा र काठमाडौं, कुकका लागि मोरङ र काठमाडौं, मोबाइल रिपेयरिङका लागि काठमाडौं, बेकरीका लागि सुर्खेत र काठमाडौं र वारिष्टाका लागि कंचनपुर र काठमाडौंमा तालिम सञ्चालन गर्नेछ।
थप जानकारीका लागि :
वेभसाइट : https://nyc.gov.np/
इमेल : [email protected]
फोन नम्बर : ०१६६३१२७६
