पढाईलाई निरन्तरता दिन नसकेका युवाका लागि अवसरको ढोका- केयरगिभर सीप

जीविको २०८१ फागुन २७ गते १८:३०

मात्र १२ कक्षा उत्तीर्ण गरेकी बुढानीलकण्ठ, काठमाडौंकी नम्रता गुरुङ केयरगिभरका लागि इजरायल जाँदै छिन् । सरकारले उनी सहित दुई हजार एक सय १२ जना छानिएका युवालाई सरकारी संयन्त्र (जि-टु-जी) मार्फत इजरायल पठाउँदै छ । यसरी केयरगिभर काममा इजरायल जाने नेपालीले न्यूनतम मासिक तलब दुई लाख रुपैयाँ पाउने बताइको छ ।

विशेषगरी पढाईलाई निरन्तरता दिन नसकेका युवाका लागि अवसरको ढोका मानिएको केयरगिभर सीप ३ महिनाको अवधीमा सिक्न सकिन्छ । केयरगिभर सीपबारे विज्ञबाट नि:शुल्क परामर्श पनि लिन सकिन्छ, यस् लेखको अन्त्यमा सम्पर्क नम्बर राखिएको छ ।

केयरगिभर पेशा केवल उच्च शिक्षित वर्गमा सीमित छैन । यदि तपाईं कक्षा ८ वा १० पास गर्नुभएको छ अनि विभिन्न कारणले आफ्नो औपचारिक शिक्षा अघि बढाउन सक्नुभएको छैन भने पनि, केयरगिभर पेशा तपाईंका लागि एकदमै उपयुक्त र छिटो रोजगारी पाउन सक्ने विकल्प हुन सक्छ । यसले न केवल तपाईंलाई आत्मनिर्भर बनाउँछ, सँगै तपाईंले परिवारमा पनि हेरचाह गर्नका लागि यो सीप महत्वपूर्ण हुन्छ ।

किन केयरगिभर पेशा तपाईंका लागि उपयुक्त छ ?
१. कम शिक्षा पनि पर्याप्त छ:
केयरगिभर बन्नका लागि तपाईंले कक्षा ८ वा १० पास गर्नुभएको छ भने पनि त्यो पर्याप्त छ । धेरै प्रशिक्षण संस्थाहरूले कम शिक्षा भएका व्यक्तिहरूलाई पनि यो पेशा सिक्न र यसमा काम गर्न अवसर दिन्छन् । यदि तपाईंले कक्षा १२ पास गर्नुभएको छ भने यो अझ प्रभावकारी हुन्छ, तर त्यो अनिवार्य छैन ।

२. कम लागतमा प्रशिक्षण:
केयरगिभर प्रशिक्षण धेरै महँगो छैन । नेपालमा धेरै गैरसरकारी/निजी संस्था र सरकारी संस्थाहरूले सस्तो दरमा यो प्रशिक्षण प्रदान गर्छन् । यसले गर्दा आर्थिक रूपमा कमजोर व्यक्तिहरूले पनि यो पेशा सिक्न सक्छन् ।

हामीले यसबारे काठमाडौँ टेक्निकल स्कुलका कार्यक्रम संयोजक शिव वालक चौधरीसँग सोधेका थियौँ । उनका अनुसार केयरगिभर सीप सिक्नका लागि सोही क्षेत्रमा प्रयाप्त ज्ञान भएका प्रशिक्षकहरूबाट यो सिप सिक्नु अत्यन्तै आवश्यक छ। यससँगै तालिम प्रदायक संस्थासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उपयोगी हुने प्राविधिक उपकरण भएको हुनुपर्नेछ । त्यस्तै, केयरगिभर सीप सिकेर वास्तवमै अभ्यास गर्ने अवसर पनि उक्त तालिम केन्द्रले प्रदान गर्नुपर्ने हुन्छ। यसका लागि बजारमा विभिन्न स्किमहरू सहित केयरगिभरका बारेमा विज्ञापन आउने गरेता पनि प्रशिक्षार्थीले सजग भएर तालिम केन्द्र छनोट गर्नुपर्ने उनको भनाइ छ।

उनी भन्छन्, “काठमाडौँ टेक्निकल स्कुलले २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत व्यवहारिक सीप त्यो पनि अन्तर्राष्ट्रिय स्तरको प्राविधिक उपकरणका साथ र विज्ञ प्रशिक्षकद्वारा सिकाइने हुँदा केयरगिभर सीप सिक्न चाहनेहरूका लागि उपयुक्त तालिम प्रदायक संस्था भनेकै काठमाडौँ टेक्निकल स्कुल हो”

अन्तर्राष्ट्रिय स्तरको प्राविधिक उपकरणका साथ काठमाडौँ टेक्निकल स्कुलमा केयरगिभर सीप सिक्दै प्रशिक्षार्थीहरू

३. रोजगारीको ठूलो सम्भावना:
नेपालमा मात्र नभई विदेशमा पनि केयरगिभरहरूको माग धेरै छ । जापान, मध्यपूर्व, युरोप, अमेरिका, अष्ट्रेलिया र हालै क्यानाडा जस्ता देशहरूमा यो पेशाको माग धेरै छ । जि-टु-जी मार्फत सरकारले इजरायल भने पठाइरहेको छ । केयरगिभर सीप भएपछी वर्किङ भिसामा पनि विदेश जान मिल्ने भएकाले तपाईंले विदेशमा उच्च तलब र सेवा सुविधाका अवसरहरू पाउन सक्नुहुन्छ ।

४. आत्मनिर्भर बनाउँछ:
यो पेशाले तपाईंलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउँछ । यदि तपाईंले आफ्नो शिक्षा पूरा गर्न सक्नुभएन भने पनि, यो पेशाले तपाईंलाई आफ्नो परिवारको जिम्मेवारी लिन र आफ्नो भविष्य सुरक्षित गर्न सक्षम बनाउँछ ।

५. मानवीय सेवाको सुख:
केयरगिभर पेशा केवल पैसा कमाउने माध्यम मात्र होइन, यो मानवीय सेवाको एक महत्वपूर्ण अंग हो । यसले गर्दा तपाईंले आफ्नो सेवार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ, आम्दानीसँगै आत्मसंतुष्टिका हिसाबले पनि यो पेशा उत्तिकै महत्वपूर्ण मानिन्छ ।

कसरी सुरु गर्ने ?
१. प्रशिक्षण लिनुहोस्:
नेपालमा धेरै संस्थाहरूले केयरगिभर प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दछन् । यी प्रशिक्षणहरूमा तपाईंले हेरचाह, प्राथमिक उपचार, स्वास्थ्य स्वच्छता जस्ता आवश्यक कुराहरू सिक्न सक्नुहुन्छ । सयौँ युवालाई ३ महिने केयरगिभर सीप दिएर इजरायलसँगै युरोपदेखि अस्ट्रेलियासम्मका अवसरमा स्थापित गराइसकेको काठमाडौँ टेक्निकल स्कुलमा सम्पर्क गरेर विज्ञबाट नि:शुल्क परामर्श पनि लिन सक्नुहुन्छ । सम्पर्क नम्बर यस् लेखको अन्त्यमा राखिएको छ ।

काठमाडौँ टेक्निकल स्कुलमा विज्ञद्वारा सञ्चालित केयरगिभर सीप

२. अभ्यास गर्नुहोस्:
प्रशिक्षण पछि तपाईंले आफ्नो सीपलाई अभ्यासमा ल्याउन सक्नुहुन्छ । सुरुमा घरायसी सेवा वा स्थानीय स्वास्थ्य संस्थामा काम गर्ने, वृद्धाश्रम, ज्येष्ठ नागरिक स्याहार केन्द्रमा पनि तपाईंले केयरगिभर सीपको अभ्यास गर्न सक्नुहुन्छ ।

३. रोजगारीका अवसर खोज्नुहोस्:
नेपालमा धेरै अस्पताल, पुनर्स्थापना केन्द्र, र गैरसरकारी संस्थाहरूले केयरगिभरहरूको माग गर्दछन् । यसका साथै, विदेशमा पनि यो पेशाको ठूलो माग छ ।

तपाईंले किन यो पेशा चयन गर्ने ?
यदि तपाईंले आफ्नो शिक्षा पूरा गर्न सक्नुभएन भने पनि, यो पेशाले तपाईंलाई नयाँ अवसरहरू प्रदान गर्छ । केयरगिभर पेशाले तपाईंलाई आत्मनिर्भर बनाउँछ, समाजमा योगदान दिने मौका दिन्छ, र विदेशमा पनि रोजगारीका अवसर खोल्छ । यसले तपाईंको जीवनमा नयाँ उर्जा र आशा ल्याउन सक्छ ।

मात्र ३ महिना सिकेको सीप तपाईंलाई उपयुक्त विकल्प हुन सक्छ । तपाईं अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ भने वा नर्सिङ लगायत स्वास्थ्य क्षेत्रको विद्यार्थी हुनुहुन्छ भने पनि यो सीप सिक्नुहोस् । १० कक्षा पश्चात अध्ययनलाई अगाडि बढाउन सक्नुभएको छैन भने पनि यो सीपले तपाईंलाई रोजगारीसँग जोड्न सक्छ ।

थप जानकारी:
तीन महिने तालिमका लागि काठमाडौँ टेक्निकल स्कुलले जम्मा ६० हजार रुपैयाँ तोकेको छ। आवश्यकताका आधारमा, समूहमा आउने र आर्थिक विपन्नता भएकालाई केही छुट पनि प्रदान गर्दै आइएको कार्यक्रम संयोजक शिव वालक चौधरीले बताए । यसबारेमा थप बुझ्न चाहनुहुन्छ भने काठमाडौं टेक्निकल स्कुलका कार्यक्रम संयोजक शिव वालक चौधरीलाई सम्पर्क (मोबाईल नम्बर: ९८५-१३५३७६५) गरेर बुझ्न सक्नुहुन्छ । काठमाडौँ टेक्निकल स्कुलको फेसबुक पेजबाट पनि यस् बारे थप जानकारी पाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *