२५ प्रकारका सीपमूलक तालिम सिक्ने अवसर (सम्पूर्ण जानकारी)

जीविको २०८१ माघ १८ गते २२:०६

सानो ठिमी प्राविधिक शिक्षालयमा २५ प्रकारका सीपमूलक तालिम सिक्नका लागि भर्ना खुलेको छ । १२ महिने अटोमोबाइल मेकानिकदेखि ४ महिने कुक, ३ महिने केयर गिभर, मोबाइल फोन मर्मत प्राविधिक तह, टेलरिङ / बुटीक फेसन डिजाइनर लगायतका २५ फरक तालिमका लागि भर्ना खुलेको हो । यी तालिमहरूले युवाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न र आत्मनिर्भर बनाउन मद्दत गर्ने सानो ठिमी प्राविधिक शिक्षालयको दाबी छ । देशैभरीबाट आवेदन दिन सकिने छ भने शिक्षालयमा बसोबासका लागि होस्टलको समेत व्यवस्था रहेको शिक्षालयले जनाएको छ । सानोठिमी प्राविधिक शिक्षालयका कार्यवाहक प्रिन्सिपल दीपेन्द्र न्यौपानेका अनुसार युवाहरूलाई रोजगार वा स्वरोजगार बनाउने उद्धेश्यले संचालन गरिएको सीपमूलक तालिममा सहभागी हुन शिक्षालयले तालिम र सो को अवधी अनुसारको शुल्क तोकेको छ । शिक्षालयले अन्य तालिम केन्द्रहरू भन्दा न्यून शुल्क निर्धारण गरेकाले सहुलियत शुल्कमा नै युवाहरूले सीप सिक्न पाउने कार्यवाहक प्रिन्सिपल न्यौपानेको भनाइ छ ।

के कस्ता तालिम सिक्न पाइन्छ ?

सानो ठिमी प्राविधिक शिक्षालयले निम्नलिखित २५ प्रकारका सीपमूलक तालिमहरू प्रदान गर्दछ:

१. अटोमोबाइल मेकानिक (Automobile Mechanic) – १२ महिना
२. मोटरसाइकल मेकानिक (Motorcycle Mechanic) – ६ महिना
३. स्ट्रक्चरल फैब्रिकेटर (Structural Fabricator) – ६ महिना
४. आर्क वेल्डर / जुनियर वेल्डर TIG/MIG (Welder) – ६ महिना
५. ड्राफ्ट्सम्यानशिप (Draftsmanship) – १२ महिना
६. अफसेट प्रेस अपरेटर (Offset Press Operator) – ६ महिना
७. मेटल इचिङ / बुक बाइन्डिङ / स्क्रिन प्रिन्ट (Screen Print) – ३ महिना
८. जुनियर प्लम्बर (Junior Plumber) – ६ महिना
९. बिल्डिङ इलेक्ट्रीशियन र मोटर रिवाइन्डिङ तह-१ र २ (Building Electrician) – ६ महिना
१०. मोबाइल फोन मर्मत प्राविधिक तह -१ र २ (Mobile Phone Repair) – ४ महिना
११. टेलरिङ / बुटीक फेसन डिजाइनर (Tailoring/ Boutique/ Fashion Designer) – ६ महिना
१२. कुक (General Cook) – ४ महिना
१३. ब्यूटीशियन / नेल आर्ट एक्स्टेन्सन (Beautician/Nail Art Extension) – ६/२ महिना
१४. केयर गिभर / टेकर (Care Taker / Giver) – ३ महिना
१५. एसी – फ्रिज / घरेलु उपकरण प्राविधिक (AC Fridge / Home Appliances) – ६ महिना
१६. बरिस्ता कफी बनाउने (Barista Coffee Training) – १ महिना
१७. हेयर कटिंग (Barber) – ३ महिना
१८. सौर्य विद्युत प्राविधिक (Solar Electric Technician) – ३ महिना
१९. मेसन (Mason) – १ महिना
२०. टाइल र मार्बल फिटर (Tile & Marble Fitter) – १ महिना
२१. मोड्युलर सिकर्मी (Modular Carpenter) – ३ महिना
२२. एल्युमिनियम फ्याब्रिकेटर (Aluminum Fabricator) – ३ महिना
२३. स्काफोल्डीङ (Scaffolding) – १ महिना
२४. भारी उपकरण मेकानिक (Heavy Equipment Mechanic) – ४ महिना
२५. ब्याकहो लोडर / स्काभेटर अपरेटर (OTC) – १ महिना

यी तालिमहरूले युवाहरूलाई विभिन्न क्षेत्रमा आवश्यक सीपहरू सिकाउने हुँदा उनीहरूले तालिम लगत्तै देशभित्र वा विदेशमा रोजगारी पाउन र आफ्नो जीवनस्तर सुधार्न सक्ने कार्यवाहक प्रिन्सिपल न्यौपाने बताउँछन् ।

तालिम कसले सिक्न पाउँछ ?
यी तालिमहरू विशेषत: युवा लक्षित छन् तर सीप सिक्ने चाहना भएका जसले पनि आवेदन दिन सक्ने शिक्षालयले जनाएको छ ।

शैक्षिक योग्यता: कुनै सीप सामान्य साक्षरले सिक्न सक्ने छ भने कुनै शैक्षिक योग्यता (कक्षा ८ वा १० पास गरेका) र आफ्नो करियरमा सीप विकास गर्न चाहने व्यक्तिहरूका लागि लक्षित छन् ।

आवेदन कसरी दिने ?
तालिममा आवेदन दिनका लागि सामान्य प्रकृया छन् । युसेप नेपालको सानो ठिमी प्राविधिक शिक्षालयमा सम्पर्क गर्नुहोस् र आफूले सिक्न चाहेको तालिमको शुल्कबारे बुझ्नुहोस् । आवेदन फाराम र आवश्यक कागजातहरूका बारेमा शिक्षालयले तपाईंलाई जानकारी दिनेछ ।

शुल्क कति लाग्छ ?
सीपमूलक तालिम सिक्नलाई आवश्यक श्रोत साधनसँगै अवधी पनि हेरेर शिक्षालयले शुल्क निर्धारण गरेको छ । १२ महिने अटोमोबाइल मेकानिक (Automobile Mechanic) सिक्नका लागि मासिक ५ हजार ४ सय रुपैयाँ तोकिएको छ भने कुक सिक्नका लागि १२ हजार ७ सय मासिक शुल्क रहेको छ । त्यस्तै, ३ महिने हेयर कटिङ (बार्बर) सिक्न जम्मा १९ हजार ५ सय र ३ महिने केयर गिभर तालिमका लागि जम्मा २८ हजार शुल्क लाग्ने शिक्षालय प्रशासनले जनाएको छ । शिक्षालयमा खानेबस्ने व्यवस्था सहित मासिक ८ हजार ५ सयमा प्रशिक्षार्थीहरू होस्टलमा पनि बस्न सक्नेछन् । शुल्क सम्बन्धी थप जानकारीका लागि तपाईंले शिक्षालयमा फोन गरेर बुझ्न सक्नुहुन्छ ।

पूरा भिडियो: आधिकारिक प्रतिनिधिसँग कुराकानी LINK

तपाईंलाई थप जानकारी आवश्यक भएमा सम्पर्क गर्नुहोस्:
युसेप नेपाल, सानो ठिमी प्राविधिक शिक्षालय, भक्तपुर
फोन: ०१-६६३१२७९ / ६६३०३८८
मोबाइल: ९८४१३५८१५४

सीप र अवसरबारे जानकारी पाउन जीविको मिडियालाई युट्युबमा हेर्दै गर्नुहोला । YouTube

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *