
६ प्रकारका सीपमूलक तालिमहरू नि:शुल्क संचालन हुँदै, यसरी दिनुहोस् आवेदन

व्यावसायिक प्रशिक्षण केन्द्रले ६ प्रकारका विभिन्न सीपमूलक तालिमहरू नि:शुल्क संचालन गर्दैछ । तपाईँ आठ कक्षा मात्र उत्तीर्ण हुनुहुन्छ भने पनि कुक, कटाइ सीलाई बेसिक, ब्युटिसियन बेसिक र इलेक्ट्रिसियन बेसिक सिक्न सक्नुहुन्छ । यदि १० कक्षा उत्तीर्ण हुनुहुन्छ भने यो सँगै मन्टेश्वरी र कम्प्युटर अपरेटरको पनि तालिम लिन सक्नुहुन्छ ।
व्यवसायिक प्रशिक्षण केन्द्र इटहरी सुनसरीले जारी गरेको सूचनामा माघ २८ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ। आवेदन फारम प्रशिक्षण केन्द्रमा उपलब्ध रहेको उल्लेख छ ।
हेर्नुहोस् आधिकारिक सूचना
थप जानकारीको लागि श्रमाधान कल सेन्टरको निम्न नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नु हुन्छ :-
एनटिसी एनसेल फ्री नम्बर: ११४१
टोल फ्री नम्बर: १६६००१५०००५
ल्यान्डलाइन नम्बर: +९७७-०१-५९७०००८
ह्वाट्स / भाइबर / इमो फोन नम्बर: ९८५१३४७२२२ / ९८०१८०००१३

दाङ जिल्लामा नि शुल्क तालिमहरु कहिले र कहाँ हुन्छ्न ? जानकारि पाए आभार हुने थिंए ।