स्टार्टअप उद्यमीले २५ लाखसम्म बिनाधिताे ऋण लिने आवेदन प्रकृया

जीविको २०८१ भदौ १३ गते २१:३७

सरकारले स्टार्टअप उद्यमलाई ३ प्रतिशत ब्याजदरमा अधिकतम २५ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरी ‘स्टार्टअप उद्यम कर्जा २०८१’ का लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको ‘स्टार्टअप उद्यम कर्जा २०८१’ मा उद्यम गर्ने परियोजनालाई नै धितो मानेर ३१ भदौ २०८१ सम्म आवेदन दिन सकिन्छ ।

स्टार्टअप उद्यम कर्जाका लागि कसैको भनसुन नचल्ने भएकाले ढुक्क भएर आवेदन दिन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश कुमार गुप्ताले अनुरोध गरेका छन् । स्टार्टअप उद्यम कर्जाका लागि सरकारले १ अर्ब रुपैयाँ छुट्याएको छ । यस् अघि १ सय ६५ जनाले यो कर्जा पाइसकेका छन् ।

बुझ्नुहोस्, ७ प्रश्न-उत्तरमा स्टार्टअप उद्यम कर्जाका लागि आवश्यक योग्यता, पेश गर्ने कागजात, स्टार्टअप उद्यमका क्षेत्रहरू र परियोजना प्रस्ताव बुझाउने प्रकृया:

१. स्टार्टअप उद्यमको क्षेत्र : कस्ता क्षेत्र/विषयमा सञ्चालित स्टार्टअपहरू सहुलियतपूर्ण कर्जाको आवेदनका
लागि योग्य हुनेछन् ?
(क) कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम
(ख) उत्पादनमूलक उद्यम
(ग) वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यम
(घ) पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम
(ङ) विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम
(च) मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम
(छ) शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम
(ज) सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यम
(झ) पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम
(ञ) विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम
(ट) परम्परागत तथा ग्रामीण प्रविधिसँग सम्बन्धित उद्यम
(ठ) स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम
(ड) सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम
(ढ) खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम
(ण) घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम
(त) वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम
(थ) परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम
(द) खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम
(घ) फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यम

२.कर्जा आवेदनका लागि के-कस्तो योग्यता मापदण्ड तोकिएको छ ?
(क) उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाघेको
(ख) प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा उद्योग
दर्ता गर्ने निकायमा दर्ता भएको
(ग) उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार पन्ध्र करोड रुपैयाँ ननाघेको
(घ) सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको
(ङ) नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको ।

(२) माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस कार्यविधि बमोजिम कर्जा प्रवाह गर्ने प्रयोजनका लागि देहायका उद्यमलाई स्टार्टअप उद्यम मानिने छैन
(क) प्रचलित कानून बमोजिम उद्योगको रुपमा दर्ता नभएको,
(ख) वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको,
(ग) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
(घ) सूचना प्रकाशित भएको मिति भन्दा पछि दर्ता भएको
(ङ) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ्ग तथा लगानी कम्पनीको रुपमा दर्ता भएको ।

३.कर्जाको अधिकतम सीमा कति छ र धितो के राख्नुपर्छ ?
अधिकतम पच्चीस लाख र परियोजना धितो ।

४. कसरी पेश गर्ने परियोजना प्रस्ताव ?
(१) कर्जा लिन चाहने उद्यमीले तोकिएको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ । परियोजना प्रस्तावको ढाँचा प्रतिष्ठानको वेबसाइट www.iedi.org.np बाट डाउनलोड गर्न सकिनेछ । परियोजना प्रस्ताव डाउनलोड गर्न LINK थिच्नुहोस्
एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाइनेछैन ।
(२) विद्युतीय माध्यमबाट प्रस्ताव पेश गर्नका लागि प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा लगइन गरी पपअप मेनुमा रहेको सूचनामा अनलाइन फारम भर्नुहोस् भन्ने आइकनमा क्लिक गरी सोधिएका विवरण भर्नु पर्नेछ ।
(३) अन्य कुनै निकायबाट सहुलियतपूर्ण कर्जा लिएका प्रस्तावकलाई सो कर्जा चुक्ता नगरेसम्म यस कार्यविधि बमोजिमको कर्जा उपलब्ध गराइने छैन ।
(४) परियोजना प्रस्तावमा उल्लिखित सम्पूर्ण विवरण र कागजपत्रहरू पेश गर्नुपर्नेछ ।

५. परियोजना प्रस्तावमा के-कस्ता विवरण र कागजपत्रहरू पेश गर्नुपर्छ ?
(१). उद्योगको दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि,
(२). स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
(३). अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
(४). अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(५). फर्म, कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(६). कर्मचारी / कामदारको अघिल्लो आर्थिक वर्षको वार्षिक तलबी विवरण,
(७). सूचना प्रविधि तथा नवप्रवर्तनको प्रयोग भएको पुष्टयाई सहितको स्वःघोषणा

६. प्रस्तावको ढाँचा, पेश गर्ने स्थान र समय के छ ?

परियोजना प्रस्ताव दुई तरिकाबाट भर्न सकिनेछ । (क) विद्युतीय माध्यमबाट वा (ख) स्वयम् उपस्थित भएर भौतिक माध्यमबाट ।

विद्युतीय माध्यमबाट प्रस्ताव भर्नका लागि निम्नानुसारको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ :
o प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा जाने ।
० स्टार्टअप उद्यम कर्जासम्बन्धी कार्यक्रमको सूचनाको पपअपको परियोजना प्रस्ताव अनलाइन भर्नुहोस् भन्नेमा क्लिक गर्ने ।
० सोधिएको फाराम होशियारीपूर्वक भर्ने ।
० फाराम भर्दा कुनै दुविधा भए वेबसाइटमा भएको युजर म्यानुयल हेर्नुहोला ।
० सबै विवरण भरेपछि अन्तिममा ‘पेश गर्नुहोस्’ भन्ने बटन आउँछ, सो बटन थिचेपछि कन्फर्म पश्चात् दर्ता नं. आउछ । दर्ता नं. आएपछिमात्र दर्ता भएको मानिनेछ ।
• परियोजना प्रस्तावको ढाँचा प्रतिष्ठानको वेबसाइट मा राखिएको छ । भौतिक रुपमा (अफलाइन) भर्नेका लागि उक्त ढाँचा डाउनलोड गरी भर्न सकिनेछ ।

भौतिक रुपमा स्वयम् उपस्थित भएर (अफलाइन) मार्फत परियोजना प्रस्ताव भर्न चाहनेले प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा कार्यालय समयभित्र हार्डकपी (Hardcopy) नै बुझाउनुपर्नेछ ।

अनलाइन (विद्युतीय माध्यम ) वा अफलाइन (भौतिक) दुवै माध्यमबाट फारम बुझाउने अन्तिम दिन कार्यालय समय (साँझ ५ बजे) भित्र मात्र फारम बुझाउन सकिनेछ ।

७. थप जानकारी केही छ ?
सर्टलिस्टिङमा परेका प्रस्तुतीकरणका लागि योग्य भएका र अन्तिम छनोटमा परेका परियोजनाहरूको विवरण वेबसाइट मा राखिनेछ ।

यससँग सम्बन्धित सम्पूर्ण सूचना प्रतिष्ठानको वेबसाइटमा मात्र राखिनेछ । थप जानकारी लिनुपरेमा प्रतिष्ठानको वेबसाइट हेरिरहनु हुन जानकारी गराइन्छ ।

• स्टार्टअप उद्यम कर्जा प्रवाह सम्बन्धी थप जानकारीका लागि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ हेर्नुहोला ।

सम्पर्क:
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाडौं
फोन नं. ०१-५३६१३३९. ५३६६१६२
बेवसाइट www.iedi.org.np

प्रतिक्रिया

7 thoughts on “स्टार्टअप उद्यमीले २५ लाखसम्म बिनाधिताे ऋण लिने आवेदन प्रकृया

  1. नमस्कार 🙏
    यदि नेपाल सरकारले कृषि तथा साना उद्योगगि ब्यबसायि मानिसहरुलाई सहयोग गरेको भए उचित हुने थियो।

    कुरा भनसुन को आयो
    नेपालमा भनसुन नगरि कुनै काम भएको देख्नु भएको होला त प्रधानमन्त्री त भनसुन गरि आदि आदि कार्यकाल चलाउने निर्णय मा हुने देश हाम्रो
    तपाईं भ्रम मा हुनुहुदो रहेछ ।

    यदि तपाई साच्चै नै नेपाल सरकार को नितिनियम लागु भै बेरोजगारी हरुलाई ऋण प्रदान गर्न चाहानुहुन्छ भने म पनि एक बेरोजगारी युवा हु।

    मेरो हाल मामा भान्जा कृषि तथा पशुपालन फाम रहेको छ।
    कृपया मलाई केहि रकम ऋण उपलब्ध गराइदिनु होला । 🙏🙏🙏

  2. Nmste
    Ho khbrle khusi banayo ,maile pni halsalai bangur farm gharelu ma darta Gareko. Xu k maile pni yo project ma sahvagi huna pauxu ki paudina hola.

  3. खुसी लाग्यो , आशा जाग्यो ,म जस्तो कृषि कसरी गरौ भन्ने का पनि( मौका )अवसर बनेर आओस शुभ ईच्छा छ।

  4. This idea is very good for us especially who have no money to start their business but they have knowledge about that business like me well may God help me to get loan for my dream
    Thank you giving this golden opportunity

  5. धेरै राम्रो यो योजना हो। मेरो पनि कृषि फारम छ। र मलाई पनि कृषि फार्म बढाउनु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *