उद्यम गर्छु भनेर सोचेर नबस्नुस्, यो अवसर बारे थाहा पाउनुहोस् 

जीविको २०८१ भदौ ११ गते १०:१७

हालसम्म ४५ वटा उद्यमहरु स्थापना गारिसकेको र १ हजार १ सय ८४ रोजगारी सिर्जना गरेको गरेको नबिल स्कूल अफ सोशल आन्ट्रप्रेनरशिप (नबिल एसएसई) फेलोशिप कार्यक्रममा सहभागी भएर आफ्नो उद्यमलाई बिस्तार गर्नुहोस् सँगै आर्थिक सहजिकरणको पनि फाईदा उठाउनुहोस् ।

यो कार्यक्रम सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने सहित विभिन्न क्षेत्रहरूमा केन्द्रित रहेको  छ, जस्तै – जीविकोपार्जन, सीप विकास, कृषि, शिक्षा, स्वास्थ्य, कला, समुदायको कल्याण, सूचना प्रविधि, ऊर्जा आदि। सामजिक उद्यमशिलता मार्फत यसले दिगो विकासका लक्ष्यहरु (SDGs) मा योगदान पुर्‍याउने उद्देश्य सहित समाज, वातावरण, र आम मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने सक्षम नवीन सोचहरूको खोजी गरिरहेको छ ।

सामाजिक उद्यमीहरूलाई हरेक चरणमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो समूहका लागि भदौ १४ गतेसम्म अनलाइन मार्फत आवेदन बुझाउन सकिन्छ । एक वर्षका लागि विज्ञहरुबाट सहयोग, परामर्श र तालिम प्रदान हुने यस कार्यक्रममा निःशुल्क सहभागि हुन सकिन्छ ।

आवेदन कसले दिन सक्छ?
कुनै योजनाको सुरुवाती चरणमा रहेका स्टार्ट-अप वा बजार प्रवेश चरणमा रहेका व्यक्ति वा जसले सामाजिक परिवर्तन गर्न सक्षम उद्यम स्थापना गर्न इच्छुक छ, उनीहरूले आवेदन दिन सक्नेछन् ।

आवेदन दिने मापदण्ड:
•    उमेर: आवेदकको उमेर १८ वर्ष वा सोभन्दा माथि हुनुपर्छ र नेपाली नागरिक हुनु अनिवार्य छ।
•    प्रतिबद्धता: उम्मेदवारले ६ महिने फेलोसिप कार्यक्रममा उपस्थित हुन ३-४ दिन प्रति महिना उपस्थित हुनुपर्नेछ। कार्यक्रम सफलतापूर्वक पूरा गर्न न्यूनतम ९०% उपस्थिति आवश्यक छ।

कसरी आवेदन दिने:
आवेदन फारम प्राप्त गर्न नबिल बैङ्कको वेबसाइट www.nabilbank.com मा जानुहोस्। आवेदन अनलाइन वा नबिल बैङ्कको कुनै पनि शाखामार्फत दिन सकिन्छ।

आवेदन दिने अन्तिम मिति:
१५ भदौ, २०८१ -२०२४ अगस्ट ३१, राति ११:५९ बजे सम्म ।

प्रतिक्रिया

One thought on “उद्यम गर्छु भनेर सोचेर नबस्नुस्, यो अवसर बारे थाहा पाउनुहोस् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *