निःशुल्क सीपमूलक प्राविधिक शिक्षा पढ्ने अवसर, सातै प्रदेशबाट आवेदन माग

जीविको २०८१ साउन ३१ गते २०:३७

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले प्राविधिक शिक्षाको पहुँच नपुगेका सातै प्रदेशका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राहरूबाट प्रि-डिप्लोमा तहमा १४ जना र डिप्लोमा / प्रमाणपत्र तहका कार्यक्रमहरूमा १०६ जना गरी जम्मा १२० सिटहरूमा निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नका लागि आवेदन माग गरेको छ । आवेदन फाराम सङ्कलनका लागि तोकिएका शिक्षण संस्था/कार्यालयहरूमा बुझाउन परिषद्ले सूचना प्रकाशित गरिएको छ ।

फाराम वितरण मिति २०८१ साउन ३० गते बुधबारदेखि तोकिएको छ । आवेदन दिन पैसा पर्दैन तर २०८१ भदौ २० गतेसम्म भने आवेदन बुझाइसक्नुपर्छ ।

प्रवेश परीक्षाबाट मुख्य परीक्षार्थीका रूपमा सिफारिस भई तोकिएको शिक्षण संस्थामा भर्ना भई परिषद् रजिस्ट्रेसन कायम भएमा विद्यार्थीहरूलाई निर्वाह भत्ता बापत प्रति महिना रु. ३,५००/-, यातायात खर्च बापत प्रति वर्ष रु.१,५००।-, पोसाक खर्च बापत प्रतिवर्ष रु २,५००/- तथा प्रशिक्षण अवधिभरका लागि निःशुल्क छात्रावासको व्यवस्था हुनेछ ।

परिषद् अन्तर्गतका नियमित तथा अन्य कार्यक्रममा रजिस्ट्रेसन प्रक्रिया भई अध्ययनरत विद्यार्थीहरूले यस बमोजिमको छात्रवृत्तिमा आवेदन फाराम भर्न पाउने छैनन् । त्यस्तो परीक्षार्थीले आवेदन फाराम भरेको पाइएमा स्वतः रद्द हुनेछ । भर्ना भएका परीक्षार्थीहरूको कक्षा सञ्चालन मिति २०८१।०७।२५ गते आइतबारदेखि सुरु हुनेछ । यो सूचना www.ctevtexam.org.np मा पनि हेर्न सकिनेछ ।

प्राविधिक शिक्षाका विषयहरू:
१. प्रमाणपत्र तह सामान्य चिकित्सा
२. प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी
३. डिप्लोमा इन होटल म्यानेजमेन्ट
४. डिप्लोमा इन एग्रिकल्चर ( प्लान्ट साइन्स)
५. डिप्लोमा इन एग्रिकल्चर (एनिमल साइन्स)
६. डिप्लोमा इन सिभिल इन्जिनियरिङ
७. डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ
८. प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ
९. प्रि-डिप्लोमा इन एग्रिकल्चर (लाइभस्टक प्रोडक्सन / एनिमल हेल्थ)

आवेदन फाराम साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू :

फाराम साथ पेश गर्नुपर्ने प्रमाणपत्रहरू परीक्षार्थी स्वयंले प्रमाणित गरी सूची बमोजिम पेश गर्नुपर्नेछ । आवेदन फाराममा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगरी पेश गरेमा परीक्षार्थीको फाराम रद्द हुनेछ ।
(क) नागरिकताको प्रमाणपत्र वा नेपाली नागरिक हो भनी प्रमाणित हुने नाबालिग वा जन्म दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
(ख) एस.ई.ई, प्राविधिक एस. एल. सी. / प्रि-डिप्लोमा उत्तीर्ण गरेको मार्कसिट, चारित्रिक प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि र २९ महिने प्राविधिक एस. एल. सी. को हकमा टेस्ट परीक्षाको लब्धाङ्क पत्र ।
(ग) माइग्रेसन र समकक्षता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (नेपाल सरकारको एस.ई.ई बोर्ड बाहेकका अन्य बोर्डबाट उत्तीर्णहरूका हकमा आवश्यक पर्ने) ।
(घ) स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35x45mm ) को २ प्रति फोटो | (ङ) बसाइँसराइको हकमा सूचना प्रकाशन भएको मितिभन्दा छ (६) महिना अगाडि बसाइँसराइ गरिएको स्थानीय निकायको पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

छनोट प्रक्रिया सम्बन्धी जानकारी :
क) सूचनामा तोकिएको समयभित्र न्यूनतम योग्यता पुगी रीतपूर्वक आवेदन फाराम भरेका आवेदकहरूलाई मात्र प्रवेश परीक्षामा समावेश हुनेछन् ।
ख) सम्बन्धित शिक्षण संस्था / कार्यालयले सूचनामा तोकिएको अवधिभित्र आवेदन फारामहरूलाई परिषद्, प.नि.का. बाट उपलब्ध गराइएको Web Based Online Integrated Training Management System (ITMS) मा इन्ट्री गर्नुपर्नेछ । अनलाइन इन्ट्री गरेका फाराम परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएपछि परीक्षार्थीको सिम्बल नम्बर कायम गरी प्रवेश पत्र जारी गरिनेछ र प्रवेश पत्र प्राप्त परीक्षार्थीहरूलाई मात्र प्रवेश परीक्षामा समावेश गरिनेछ ।
ग) तोकिएको मितिभित्र आवेदन फाराम भरी शिक्षण संस्था / कार्यालयबाट अनलाइन आवेदन फाराम इन्ट्री भएका परीक्षार्थीहरू मध्येबाट प्रवेशिका परीक्षा वा एस.ई.ई.मा प्राप्त गरेको प्राप्ताङ्कको योगफल र प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा उच्चतम अङ्क अनुसार योग्यता क्रम निर्धारण गरी मुख्य उम्मेदवार र उत्तीर्ण सूची तयार गरिनेछ । प.नि.का.बाट रीतपूर्वकको अनलाइन आवेदन फाराम इन्ट्री भई प्रवेश परीक्षामा सामेल भएका आवेदकहरू मध्येबाट निम्नानुसार योग्यता क्रम निर्धारण गरिनेछ ।

हेर्नुहोस्, ७८ वटा पालिका विवरण अनि थप जानकारी:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *