सयौँलाई होइन हजारौँलाई निःशुल्क सीप सिक्ने अवसर

जीविको २०८१ असार १७ गते २१:२२

वेटर, किचन हेल्पर, ब्युटिसियन, टाइल मार्बल फिक्सरदेखि गार्मेन्ट मेसिन अपरेटर, वेल्डर, प्लम्बर, इलेक्ट्रिसियन, हाउस पेन्टर, फर्निचर मेकर जस्ता स्वरोजगारमूलक निःशुल्क तालिमहरू तपाईंकै गाउँपालिका नगरपालिकाहरूमा हुँदैछ ।

वैदेशिक रोजगार बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा तिनका परिवारका सदस्यहरु समेतलाई लक्षित गरी छोटो अवधिका सीपकूलक तालिमहरु निःशूल्क रुपमा विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा संचालन भइरहेका छन् । यस्ता सीपमूलक तालिममा सहभागी भई रोजगार अथवा स्वरोजगार हुने अवसर लिनुहोस्।

यो महत्त्वपूर्ण अवसर नछुटाउनुहोस्, सम्पूर्ण जानकारीका लागि तल आधिकारिक सूचना राखेका छौं जहाँ तालिमको विवरण, तालिम संचालन भइरहेको स्थान र सम्पर्क नम्बर उल्लेख गरिएको छ।

थप जानकारीको लागि श्रमाधान कल सेन्टरको निम्न नम्बरमा सम्पर्क गर्नका लागि मन्त्रालयले अनुरोध गरेको छ:
एनटीसी एनसेल टोल फ्री नम्बर: ११४१
टोल फ्री नम्बर: १६६००१५०००५
ल्यान्डलाइन नम्बर: +९७७-०१-५९७०००८
व्हाटसएप/भाईबर / इमो: ९८५१३४७२२२
फोन नम्बर: ९८०१८०००१३
फेसबुक: https://www.facebook.com/shramadhan2

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *