निःशुल्क सीपमुलक तालिम संचालन हुँदै, यसरी दिनुहोस् आवेदन
जीविको
२०८० कार्तिक १४ गते २२:११
ओल्गापुरी भोकेसनल स्कुलले गार्मेन्ट, वेल्डिङ र फर्निचर बनाउने निःशुल्क सीपमुलक तालिम सिकाउँदै छ । यो सीपमूलक तालिम ७५ जनाले पाउनेछन् ।
स्कुलले साहयक वेल्डर ५ सय ५० घण्टा, फर्निचर मेकर ३ सय ९० घण्टा र ६ महिने औद्योगिक टेलरिङ विषयमा तालिम प्रदान गर्न लागेको हो ।
आवेदन मङ्सिर १ गतेसम्म बुझाउनु पर्ने छ भने तालिम मङ्सिर ६ गतेबाट सञ्चालन हुनेछ । तालिमको समयअवधि पछि सहायक वेल्डरका लागि १ महिना ओजेटी, कार्प्रेन्ट्रीका लागि १५ दिने ओजेटी साथै औद्योगिक टेलरिङका लागि ३ महिना ओजेटीको व्यवस्था गरेको छ । ५ पास उत्तीर्ण गरि १८ वर्ष भई ३५ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना:
आवेदन दिनका लागि फर्म भर्नुहोस्:
Application Form (1)
जीविको
२०८० कार्तिक १४ गते २२:११
प्रतिक्रिया
2 thoughts on “निःशुल्क सीपमुलक तालिम संचालन हुँदै, यसरी दिनुहोस् आवेदन”
Leave a Reply Cancel reply
सम्बन्धित
I’m interested.
Welding training for I will interested.