एसईई पछिको प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर !

जीविको २०८० साउन ६ गते १९:११

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी) परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बाट एसईई पछिको प्राविधिक शिक्षा अध्ययनका लागि भर्ना खुलेको छ । एसईई पश्चातको ३ वर्षे डिप्लोमा/प्रमाणपत्र तह र १८ महिने प्रि-डिप्लोमा तहमा भर्नाका लागि २०८० श्रावण १२ गतेसम्म आवेदन फाराम भर्ने समय तोकिएको छ ।

डिप्लोमा /प्रमाणपत्र तहमा विभिन्न ३२ वटा शैक्षिक कार्यक्रममा ४५ हजार र प्रि-डिप्लोमा तहका विभिन्न २० वटा शैक्षिक कार्यक्रममा ३० हजारको संख्यामा भर्ना क्षमता रहेको जानकारी गराइन्छ । जसमध्ये १० प्रतिशत जेहनदार र वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको व्यवस्था गरिएको छ । प्राविधिक शिक्षा अध्ययन गरी रोजगारी तथा स्वरोजगारीमा जोडिन इच्छुकहरूले समयमा नै आवेदन फारम भरेर प.नि.का बाट लिइने प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

नि:शुल्कीय वर्गीकृत छात्रवृत्तिका लागि आवेदकले अनलाइन मार्फत आवेदन दिनुपर्ने छ भने पूर्ण शुल्कीयको हकमा सम्बन्धित शैक्षिक संस्थामा आवेदन बुझाउनु पर्ने हुन्छ ।

विस्तृत जानकारीका लागि www.ctevtexam.org.np वा परिषदबाट सम्बन्धन/स्वीकृति लिएका शैक्षिक संस्थाहरूमा सम्पर्क गर्नुहुन समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।
………….
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी)
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *