कोरियाबाट फर्किनुभएको छ ? यो अवसर तपाईँका लागि

जीविको २०८० साउन ५ गते १५:४४

इपिएस कोरियन भाषा पास गरि कोरियामा काम गरेर फर्किएकाहरूका लागि इपिएस कोरिया शाखाले पुनः भाषा परीक्षाको आवेदन खुलाएको छ। भाषा परीक्षा भाद्र १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

कोरियाको बसाइ सक्काएर नेपाल फर्किएकाहरूले पुनः भाषा परीक्षाका लागि आगामी साउन १३ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने परीक्षाको नतिजा असोज ३ गते प्रकाशन हुने इपिएस शाखाले जानकारी दिएको छ ।

आवेदक नेपाली नागरिक हुनुपर्ने, २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केको र १८ वर्ष उमेर पूरा भई ३९ वर्ष ननाघेकाहरूले भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

कुनै फौजदारी कसुरमा सजाय भोगेको र पहिलो पटक कोरिया जाँदा गैरकानुनी काम गरेको र गैरकानुनी तवरले बसेका नेपालीले भाषा परीक्षाका लागि आवेदन दिन पाउने छैनन् ।

आवेदकले आवेदन फाराम भर्दा राहदानीको फोटो भएको पेज (बायो पेज) को रंगिन (Colour) स्क्यान गरेको JPG Image file (Width 600 pixels, Up to 100KB) अपलोड गर्नु पर्नेछ भने MRP राहदानी बाहेक अन्य कागजातहरुको फोटोकपी मान्य हुने छैन ।आवेदकले परीक्षा शुल्क तिरेर आवेदन फाराम दर्ता गराई स्वीकृत भए पछि मात्र Special EPS-TOPIK, CBT परीक्षामा समावेश हुन सक्नेछ । आवेदन शुल्क २८ अमेरिकन डलर तिर्नुपर्नेछ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *