वातावरणमैत्री उद्यम योजनालाई ५ लाख दिइँदै, यसरी दिनुहोस् आवेदन
यदि तपाईंसँग वातावरणमैत्री सामाजिक उद्यमशीलताको योजना छ अनि यसलाई अगाडि बढाउन आर्थिक सहयोग खोजिरहनु भएको छ भने दिगो विकासका लागि राष्ट्रिय युवा संजाल,नेपालले युवाहरूलाई सामाजिक उद्यमशीलतामा जोड्ने र वातावरण संरक्षणमा उत्प्रेरित गर्ने उद्देश्यले एकल वा समूह बनाई आउने युवाहरूलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै छ । जेठ २६ गते शुक्रबारसम्म आफ्नो प्रस्तावना र उद्यम योजना पेश गर्नका लागि संस्थाले अनुरोध गरेको छ ।
प्रस्तावना/उद्यम योजना पेश गर्नको लागि शर्तहरू:
• युवाहरूले एकल वा समुह बनाई प्रस्तावना पेश गर्नुपर्ने छ ।
• उमेरको हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्नेछ ।
• उद्यम योजना दिगो, वातावरणमैत्री अनि सामाजिक कार्यमा महत्वपूर्ण योगदान गर्नसक्ने हुनुपर्ने छ ।
• उद्यमी आफैले कम्तिमा ५ पानाको उद्यम योजना निर्माण गरि पेश गर्नुपर्ने छ जसमा उद्यमको परिचय, उद्देश्य, लागत, अपेक्षित उपलब्धि, कार्ययोजना सहित विवरण अनिवार्य खुलाउनुपर्ने छ ।
• उद्यम योजना लामो समयसम्म निरन्तर रुपमा गर्ने प्रतिवद्धताका साथ पेश भएको हुनुपर्ने छ ।
• पेश गर्ने अन्तिम मिति २०८० जेठ २६ गते शुक्रबारसम्म ।
• उद्यम योजना साथै नागरिकताको प्रतिलिपि र एक प्रति फोटो पेश गर्नुपर्ने हुन्छ ।
आवेदन पठाउने ईमेल: [email protected]