डब्लुडब्लुएफ मेमोरियल छात्रवृत्तिका लागि आवेदन आह्वान

जीविको २०७९ चैत २४ गते १०:३९

डब्लुडब्लुएफ नेपालले प्रकृति संरक्षणको क्षेत्रमा करियर बनाउन चाहने नेपाली विद्यार्थीहरूबाट डब्लुडब्लुएफ मेमोरियल छात्रवृत्ति २०२२/२३ को लागि आवेदनहरू आह्वान गरेको छ । २३ सेप्टेम्बर २००६ मा घुन्सा, ताप्लेजुङ नजिकै भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका वातावरण संरक्षणका नेताहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई यस क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले यो छात्रवृत्ति दिन लागिएको डब्लुडब्लुएफ नेपालले उल्लेख गरेको छ ।

वातावरण संरक्षणका नेताहरूका नाममा विभिन्न ५ फरकफरक छात्रवृत्तिहरू रहेका छन्, आवेदक विद्यार्थीहरूले तोकिएको मापदण्डको आधारमा एक भन्दा बढी छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् :

१. चन्द्र गुरुङ मेमोरियल फेलोसिप २०२२/२३:

चन्द्र गुरुङ मेमोरियल फेलोसिप स्वर्गीय डा. चन्द्रप्रसाद गुरुङको सम्मानमा नेपालमा जैविक विविधता संरक्षणमा उनको उल्लेखनीय योगदानको लागि स्थापना गरिएको हो। चन्द्र गुरुङ मेमोरियल फेलोसिप नेपालमा वातावरण र जैविक विविधता संरक्षणको क्षेत्रमा स्नातकोत्तर गर्नका लागि यस क्षेत्रमा प्रतिबद्ध विद्यार्थीहरूलाई प्रदान गरिन्छ। नयाँ आवेदन दिएका, भर्ना गरेका वा नेपालका विश्वविद्यालयमा अध्ययन (२०२२/२३ सत्र) सुरु गरेका नेपाली विद्यार्थीहरूका लागि फेलोसिप उपलब्ध छ ।

२. नेपाल संरक्षण मेमोरियल छात्रवृत्ति २०२२/२३:

२३ सेप्टेम्बर २००६ को हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका २४ जना संरक्षण क्षेत्रमा क्रियाशीलहरूको सम्मानमा र नेपालको समृद्ध प्राकृतिक सम्पदाको संरक्षण गर्ने प्रतिबद्धतामा डब्लुडब्लुएफ नेपालले वातावरण र जैविक विविधता संरक्षणमा स्नातक गर्नका लागि छात्रवृत्ति प्रदान गर्छ । नयाँ आवेदन दिएका, भर्ना गरेका वा नेपालका विश्वविद्यालयमा अध्ययन (२०२२/२३ सत्र) सुरु गरेका नेपाली विद्यार्थीहरूका लागि फेलोसिप उपलब्ध छ ।

३. मिङ्मा नोर्बु शेर्पा मेमोरियल छात्रवृत्ति २०२२/२३:

संरक्षणकर्मी मिङ्मा नोर्बु शेर्पाको सम्मानमा, डब्लुडब्लुएफ नेपालले वातावरण र जैविक विविधता संरक्षणको क्षेत्रमा स्नातक गर्नका लागि नेपालको ग्रामीण पहाडी क्षेत्रका प्रतिभाशाली र होनहार विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यो छात्रवृत्ति प्रदान गरिन्छ । मुख्यतया: सगरमाथा, कञ्चनजङ्घा, लाङटाङ, मनास्लु, मकालु बरुण, गौरीशंकर, अन्नपूर्ण (मनाङ र मुस्ताङ जिल्ला), रारा, डोल्पो र अपि नाम्पामा जैविक विविधता संरक्षणमा केन्द्रित भएर यो छात्रवृत्ति दिन लागिएको हो । सामाजिक-आर्थिक रूपमा पिछडिएका नेपाली विद्यार्थीहरू जो नयाँ आवेदन दिएका छन्, भर्ना गरेका छन् वा नेपालका विश्वविद्यालयमा अध्ययन (२०२२/२३ सत्र) सुरु गरेका छन् उनीहरूका लागि यो फेलोसिप उपलब्ध छ ।

४. जेनिफर हेडली मेमोरियल छात्रवृत्ति २०२२/२३:

महिला विद्यार्थीहरू जो नेपालमा वातावरण र जैविक विविधता संरक्षणमा स्नातक डिग्री चाहन्छन् उनीहरूलाई संरक्षणकर्मी जेनिफर हेडली मेमोरियल छात्रवृत्ति प्रदान गरिन्छ । नेपालका महिला विद्यार्थीहरू जसले आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरेका छन् र नयाँ आवेदन दिएका, भर्ना गरेका वा नेपालका विश्वविद्यालयमा अध्ययन (२०२२/२३ सत्र) सुरु गरेका महिला विद्यार्थीहरूका लागि यो फेलोसिप उपलब्ध छ ।

५. जिलियन बलिङ स्लेफर मेमोरियल छात्रवृत्ति २०२२/२३:

वातावरण र जैविक विविधता संरक्षणमा स्नातक गर्न चाहने प्रतिबद्ध नेपाली विद्यार्थीहरूलाई जिलियन बलिङ स्लेफर मेमोरियल छात्रवृत्ति प्रदान गरिन्छ । छात्रवृत्ति नेपाली नागरिकहरूलाई उपलब्ध छ जसले आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरेका छन् र नयाँ आवेदन दिएका, भर्ना गरेका वा नेपालका विश्वविद्यालयमा अध्ययन (२०२२/२३ सत्र) सुरु गरेका विद्यार्थीहरूका लागि यो फेलोसिप उपलब्ध छ ।

विस्तृत जानकारी र आवेदन फारम www.wwfnepal.org बाट डाउनलोड गर्न सकिन्छ। १५ अप्रिल २०२३ मा साँझ ५ बजेसम्म इमेल गरेर आवेदन पत्र, पूरा आवेदन फारम र सम्पूर्ण आवश्यक कागजातहरू पठाउन सूचनामा उल्लेख गरिएको छ । सम्पूर्ण कागजातहरू नसमेटिएका इमेल स्वत: अयोग्य हुनेछन् । कागजातका सक्कल प्रतिहरू लिएर डब्लुडब्लुएफ नेपालको कार्यालय, बालुवाटार पनि पेश गर्न सकिन्छ ।

आवेदन बुझाउन: [email protected]

वा

WWF नेपाल, PO Box 7660, बालुवाटार, काठमाडौं, नेपाल

(खाम वा इमेलको विषयमा ‘आवेदनको लागी छात्रवृत्तिको नाम’ लेख्नुहोस्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *