रोजगारीका नयाँ अवसरहरू, यसरी दिनुस् आवेदन

जीविको २०७९ फागुन १२ गते १३:११

विभिन्न कार्यालयले विभिन्न पदमा खुलाएका रोजगारीका अवसरहरूलाई यहाँ समेटेका छौँ ।

नेपाल टेलिकमले विभिन्न १३ पदका लागि कर्मचारीको आवेदन माग गरेको छ । टेलिकमले खुला तथा समावेशी प्रतियोगिताद्वारा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि ७३ जनाको आवेदन माग गरेको हो ।   

आवेदन चैत्र २ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर चैत्र ९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन फारम www.ntc.net.np वा  www.recruit.ntc.net.npबाट डाउनलोड गरि भर्न र अप्लोड गर्न सकिने सूचनामा उल्लेख छ । आवेदन फारमसँगै नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, तालिम अनुभव, परिषद् दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने छ  । कर्मचारीको छनोट लिखित अन्तर्वार्ता र प्रयोगात्मक प्रविधिबाट गरिने छ । दलित, आदिवासी जनजाति , अपांगता भएका व्यक्ति, मधेशी, पिछडिएको क्षेत्रका हकमा पहिचान खुल्ने कागजात पेस गर्नुपर्ने छ ।        

परीक्षा दस्तुर अधिकृत स्तर तह ८ र ९ का लागि रू ८ सय रुपैयाँ समावेशी तहका लागि २ सय, अधिकृत स्तर ६ र ७ का लागि ७ सय रुपैयाँ, सहायक स्तर ४ का लागि पाँचसय रुपैयाँ र सहायक स्तर ३ का लागि ३ सय रुपैयाँ समावेशी समुहतर्फ १ सय लाग्ने टेलिकमले बताएको छ । 

थप जानकारीका लागि : ०१-४२१०४१६, ०१४२१०४१२ वा [email protected] मा बुझ्न सकिने छ । सूचनाका लागि : Link 

त्यसो त जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर काठमाडौँले विभिन्न २३ पदका लागि २८  कर्मचारीको माग गरेको छ । कम्पनीले प्रबन्धक, उपप्रबन्धक मेकानिकल ओभरसियर देखि सहायक मेकानिक्स पदसम्मका लागि आवेदन माग गरेको हो ।  

आवेदन फागुन २७ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर चैत्र ३ गतेसम्म बुझाउन सकिनेछ । आवेदन फारम www.hppcl.com.np बाट डाउनलोड गरेर भर्न सकिनेछ भने www.vacancy.hppcl.com.np मा गई दरखास्त फारम बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ । दरखास्त दस्तुर चौथो तहका लागि ५ सय, पाँचौ तहका लागि ७ सय, छैटौँ तहका लागि १ हजार २ सय र सातौँ तहका लागि १ हजार ५ सय दस्तुर लाग्नेछ भने खुला तथा समावेशी समूहमा प्रत्येक थप समूहका लागि चौथो तहमा १ सय, पाँचौमा १ सय ५०, छैटौँमा २ सय ५० र सातौँ तहमा ३ सय रुपैयाँ लाग्नेछ । दरखास्त दस्तुर connect ips वा खल्ती सेवाबाट बुझाउन सकिने प्रकाशित सूचनामा उल्लेख छ । 

थप जानकारीका लागि ०१-४९९२१५२ वा ९८४१६१४९८८

हेर्नुहोस् सूचना : लिङ्क गोरखापत्र इ पेपर (पेज नम्बर ८) 

त्यस्तै नेपाल क्लियरिङ हाउसले विभिन्न ८ पदमा कर्मचारी माग गरेको छ । क्लियरिङ हाउसले सिस्टम एनालिस्ट देखी बिजनेस एनालिस्ट तथा विभिन्न फेलोसि गरी १९ कर्मचारीको माग गरेको हो । आवेदन फागुन २४ गतेसम्म दिन सकिने छ । आवेदन फाराम तथा थप जानकारीको लागि www.nchl.com.np  मा बिझ्न सकिने छ ।

हेर्नुहोस् सूचना

 

त्यसका साथै वीरगञ्ज नर्सिङ क्याम्पसले विभिन्न ४ पदमा ७ जना कर्मचारीको माग गरेको छ । क्याम्पसले एडल्ट हेल्थ नर्सिङ (adult health nursing), कम्युनिटी हेल्थ नर्सिङ (community health nursing), पेडियाट्रिक नर्सिङ (Pediatric nursing) र साइक्याट्रिक (Psychiatric nursing) नर्सको माग गरेको हो । आवेदन चैत्र १ गतेसम्म दिन सकिनेछ । आवेदनसँगै व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, नर्सिङ काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अनुभव तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि समावेश गर्नुपर्ने छ ।  

आवेदन फारम कार्यक्रम र पाठ्यक्रम www.birgunjnursingcapmpus.com मा हेर्न सकिनेछ । आवेदन दस्तुर २ हजार ५ सय रुपैयाँ लाग्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

थप जानकारीका लागि ०५१-५३०९६१, ०५१-५२२५८० 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *